Logo

२०८२ मंसिर १६ गते मंगलवार

२०८२ मंसिर १६ गते मंगलवार

गठबन्धन पाँच वर्ष टिक्ने माधव नेपालले गरे यस्तो ठोकुवा

गठबन्धन पाँच वर्ष टिक्ने माधव नेपालले गरे यस्तो ठोकुवा


  • 1.9K
    Shares

    गठबन्धन पाँच वर्ष टिक्ने माधव नेपालले गरे यस्तो ठोकुवा
    images

    काठमाडौँ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले १० दलीय गठबन्धन पाँच वर्षसम्म टिक्ने ठोकुवा गरेका छन्।

    सोमबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले राखेको विश्वासको मत माग्ने प्रस्तावमाथिको छलफलमा बोल्दै नेपालले फागुन १२ गते बनेको १० दलीय गठबन्धन पाँच वर्ष टिक्ने दाबी गरेका हुन्।

    उनले भने, ‘फेरी अर्को वैशाखमा विश्वासको मत लिनुपर्ने अवस्था त आउँदैन ? म अस्वभाविक ठान्दिनँ। तर, त्यो अवस्था आउँदैन भन्ने मलाई विश्वास छ। यो गठबन्धन आउने ५ वर्षसम्म टिक्छ। यही गठबन्धनले राजनीतिक स्थायित्व दिन्छ। देशलाई विकासको बाटोमा अगाडि लिएर जान्छ ।’

    अध्यक्ष नेपालले राष्ट्रका सामु रहेका सबै चुनौतीको समना गर्न यो गठबन्धन एकताबद्ध भएर अगाडि बढ्ने विश्वास व्यक्त गरे।

    नेपालले भने, ‘सङ्ख्याले मात्र हुँदैन। मैले पनि २१ महिनासम्म २२ वटा पार्टीलाई लिएर बिना समस्या अन्तिम बिन्दुसम्म पुर्‍याउन सकेको थिए । नेपालको राजनीति कस्तो हुन्छ भन्ने मलाई पनि हेक्का छ। अहिलेको घटकहरूको सोच पाँच वर्ष टिकाउ हुन्छ भन्ने मलाई विश्वास छ ।’

    प्रकाशित मिति :चैत्र ६ २०७९ सोमवार - १६:१८:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij