Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

आमाछोरी एकै पटक सरकारी जागिरेः आमा शिक्षक, छोरी असिस्टेन्ट सबइन्जिनियर

आमाछोरी एकै पटक सरकारी जागिरेः आमा शिक्षक, छोरी असिस्टेन्ट सबइन्जिनियर


  • 6.5K
    Shares

    आमाछोरी एकै पटक सरकारी जागिरेः आमा शिक्षक, छोरी असिस्टेन्ट सबइन्जिनियर
    images

    जाजरकोटमा आमाछोरी एकैपटक स्थायी जागिरे भएका छन्। भेरी नगरपालिका–२ रिसाङ निवासी आमा निर्मला खड्का (कार्की) र छोरी श्रष्टा कार्कीले एकैपटक सरकारी जागिरमा नाम निकालेका हुन्। आमाछोरी एकैसाथ स्थायी जागिरे भएका छन्। 

    आमाभन्दा २१ वर्ष कान्छी छोरीले लोक सेवा आयोग कर्णाली प्रदेशबाट असिस्टेन्ट सबइन्जिनियर पदमा गत पुस २० गते स्थायी नियुक्ति लिएर मुसीकोट नगरपालिका रुकुमपश्चिममा सेवा सुरु गरेकी छन्।  आमा निर्मलाले भने शिक्षक सेवा आयोगको विज्ञापनमा सल्यानबाट प्राथमिक तह तृतीय श्रेणीमा हालै नाम निकालेकी छन्। उनले नियुक्ति भने लिइसकेकी छैनन्। आमाभन्दा अगाडि नै छोरीले स्थायी सेवा आरम्भ गरेकी हुन्। 

    २०३९ जेठ २३ गते रुकुमपश्चिमको चौरजहारी नगरपालिका कोटजहारीमा जन्मिएकी निर्मलाको २०५९ सालमा जाजरकोट भेरी–२ रिसाङ निवासी महादेव कार्कीसँग विवाह भयो।

    २०६२ सालमा गाउँकै त्रिभुवन निमाविमा अंग्रेजी विषयमा राहत दरबन्दीमा लामो समय काम गरेकी उनको अथक प्रयासपछि उमेर हदको अन्तिम अवस्थामा स्थायी शिक्षकमा नाम निस्किएको हो। ‘लामो समयको अथक प्रयासपछि सफलता मिल्यो। खुसी लागेको छ। आफू ठुलो पदमा पुग्न नसके पनि छोरीले पहिलो प्रयासमै सफलता प्राप्त गरिन्। यसैमा सन्तुष्ट छु’, निर्मलाले भनिन्।

    छोरी श्रष्टाले भने पहिलो प्रयासमै लोक सेवा पास गरेकी हुन्। सदरमुकाम खलंगास्थित त्रिभुवन माविबाट २०७५ सालमा एसईई गरेकी उनले शंखरापुर वहुप्राविधिक शिक्षालय शाँखु काठमाडौंबाट गत वर्ष डिप्लोमा इन सिभिल इन्जिनियर पास गरिन्। सानै उमेरमा पढाइमा निकै रुची राख्ने उनले १९ वर्षको उमेरमै लोक सेवा पास गरेकी हुन्। भन्छिन्, ‘एक वर्ष जति तयारी गरेकी हुँ। पहिलो प्रयासमै सफल भएँ। खुसी छु। जागिर खाए पनि सिभिल इन्जिनियरको पढाइ पनि सँगसँगै लैजाने उनको योजना छ।’ उनले आमाले स्थायी जागिरमा नाम निमालेको खुसी भएको बताइन् ।
     

     
     

    प्रकाशित मिति :चैत्र ५ २०७९ आइतवार - १३:०१:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij