Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

कोशी प्रदेशभर थप ६ दिन सार्वजनिक बिदा

कोशी प्रदेशभर थप ६ दिन सार्वजनिक बिदा


  • 3.0K
    Shares

    कोशी प्रदेशभर थप ६ दिन सार्वजनिक बिदा

    विराटनगर । कोशी प्रदेश सरकारले दिन पाउने ६ वटा अतिरिक्त बिदाबारे निर्णय गरेको छ । प्रदेशको वुधबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश सरकारले थप ६ वटा सार्वजनिक बिदाबारे निर्णय गर्दै राजपत्रमा प्रकाशित गर्ने भएको हो ।

    मन्त्रिपरिषदले आउँदो साउन २४ गते विश्व आदिवासी जनजाति दिवस, भदौ २१ गते राधाकृष्ण रथयात्रामा प्रदेशभर बिदा दिने सरकारले निर्णय गरेको छ । यस्तै, असोज २ गते ऋषि पञ्चमीको दिन प्रदेशभरका महिलालाई मात्रै बिदा दिइने भएको छ भने कात्तिक २५ गते फाल्गुनन्द जयन्तीको दिन प्रदेशभर सार्वजनिक बिदा दिइने भएको छ ।

    यस्तै, मंसिसर ४ गते छठ पर्वको समापनको दिनमा पनि बिदा दिने सरकारले निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषिमन्त्री भक्ति प्रसाद सिटौलाले जानकारी दिए । केन्द्र सरकारले नदिएको कुनै एक दिन मुस्लिम धर्मावलम्बीलाई लक्षित गर्दै इद पर्वका अवसरमा प्रदेशभरका मुस्लिमहरूलाई पनि एक दिन बिदा दिने प्रदेश सरकारले निर्णय गरेको छ ।

    बुधवार बसेको मन्त्रीपरिषद्को बैठकले स्थानीय तहको कर्मचारीको सेवा सर्त व्यवस्थित गरी स्थानीय सरकारको काम काज प्रभावकारी बनाउने विधेयक प्रदेशसभामा प्रस्तुत गर्ने निर्णय पनि गरेको छ ।

    प्रकाशित मिति :चैत्र १ २०७९ बुधवार - २१:२९:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij