Logo

२०८२ मंसिर १६ गते मंगलवार

२०८२ मंसिर १६ गते मंगलवार

सामसुङ स्मार्ट प्लाजा अब कैलालीमा, पुरानो सामानसँग नयाँ साट्न पाईने

सामसुङ स्मार्ट प्लाजा अब कैलालीमा, पुरानो सामानसँग नयाँ साट्न पाईने


  • 2.0K
    Shares

    सामसुङ स्मार्ट प्लाजा अब कैलालीमा, पुरानो सामानसँग नयाँ साट्न पाईने
    images

    काठमाडौं । नेपालका लागि सामसुङ इलेक्ट्रोनिक्सको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्सको सञ्जाल अन्तर्गत रहेको कृष्ण कन्हैया अर्डर एण्ड सप्लायर्सले पुष्पलाल चोक, धनगढी, कैलालीमा नयाँ सामसुङ स्मार्ट प्लाजाको शाखा स्थापना गरेको छ।

    कम्पनीको उक्त प्लाजाको हिम इलेक्ट्रोनिक्सका उपाध्यक्ष प्रभाकर शमशेर थापा र कृष्ण कन्हैया अर्डर एण्ड सप्लायर्सका कलाधर ठाकुरले उद्घाटन गरेका हुन् । सुविधा सम्पन्न सामसुङ स्मार्ट प्लाजा, ग्राहकहरूको माग र आवश्यकतालाई गुणस्तरीय सेवामार्फत सम्बोधन गर्न प्रतिबद्ध भएको कम्पनीले जानकारी दिएको छ ।

    ग्राहकहरूले अब आफ्ना पुराना उपकरण र फोनहरू ल्याइ सामसुङको नयाँ उपकरणहरूसँग पनि साट्न सक्ने भएका छन् । यससँगै, ग्राहकहरूले हुलास फिन सर्भमार्फत सजिलै किस्ताबन्दीको सेवा पनि प्राप्त गर्न सक्नेछन् ।

    प्रकाशित मिति :फाल्गुण २६ २०७९ शुक्रवार - १६:२६:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij