२०८२ भाद्र ८ गते आइतवार
काठमाडौँ । आज सोमबार पनि सुनको भाउमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा एक सय रुपैयाँ घटेर ९० हजार ७०० रुपैयाँ कायम भएको छ ।
हिजो प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको भाउ आज घटेको हो । सोही परिमाणको तेजावी सुनलाई आज ९० हजार २०० रुपैयाँ पर्नेछ ।
यता, चाँदीको भाउ भने आज पनि बढेको छ । हिजो प्रतितोला एक हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ५ रुपैयाँले बढेर एक हजार ३४० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij