Logo

२०८२ मंसिर १७ गते बुधवार

२०८२ मंसिर १७ गते बुधवार

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सानिमा नारी बचत खातामा विशेष योजना

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सानिमा नारी बचत खातामा विशेष योजना


  • 1.7K
    Shares

    अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सानिमा नारी बचत खातामा विशेष योजना
    images

    सानिमा बैंक लिमिटेडले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विशेष योजना सार्वजनिक गरेको छ । बैंकले नारी दिवसलाई लक्षित गर्दै ‘बचत र क्यासब्याक सँगसँगै’ योजना सार्वजनिक गरेको हो ।   

    उक्त योजना २०७९ चैत्र १ गतेसम्म लागू हुने बैंकले जनाएको छ । योजना अवधिभर नारी बचत खाता खोल्ने ग्राहकलाई बैंकले निःशुल्क डेबिट कार्ड र मोबाइल बैंकिङ्ग जारी गर्नेछ ।

    यसका साथै, उक्त ग्राहकहरूलाई कार्ड वा क्यूआर कोडबाट गरिने पहिलो भुक्तानीमा १० प्रतिशत वा रु. ५०० सम्मको क्यासब्याक प्रदान गरिने बैंकले जनाएको छ । क्यासब्याक चैत्र १७ गतेसम्म गरिने कारोबारमा लागू हुनेछ ।

    सानिमा बैंकले नारीहरूको सम्मानमा सो योजना ल्याएको हो । बैंकको वेबसाइटबाटै अनलाइनमार्फत सानिमा नारी बचत खाता खोल्न सकिनेछ । सानिमा बैंकको सातै प्रदेशमा १३० कार्यालयहरु र १२३ वटा एटिएम सञ्जालहरू सञ्चालनमा रहेका छन् ।

     

    प्रकाशित मिति :फाल्गुण २४ २०७९ बुधवार - १२:११:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij