Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

महिला दिवसकै दिन घट्यो सुनको मूल्य, तोलाको कति ?

महिला दिवसकै दिन घट्यो सुनको मूल्य, तोलाको कति ?


  • 2.7K
    Shares

    महिला दिवसकै दिन घट्यो सुनको मूल्य, तोलाको कति ?

    काठमाडौँ । बुधबार एकैदिन सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य घटेर तोलामा १ लाख १ हजार ५०० रुपैयाँ कायम भएको जनाएको हो ।

    महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १ हजार रुपैयाँ कायम छ । हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार रुपैयाँ कायम थियो ।

    यस्तै, आज चाँदीको मूल्य समेत ह्वात्तै घटेको छ । महासंघले आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँ घटेको जानकारी दिएको छ । यससँगै, आज चाँदीको मूल्य प्रतितोला १ हजार २२५ रुपैयाँ कायम छ ।

    प्रकाशित मिति :फाल्गुण २४ २०७९ बुधवार - ११:२७:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij