Logo

२०८२ मंसिर १७ गते बुधवार

२०८२ मंसिर १७ गते बुधवार

बैंकका कर्मचारीलाई सुरक्षा दिन ७७ वटै जिल्लाका सीडीओलाई गृहको निर्देशन

बैंकका कर्मचारीलाई सुरक्षा दिन ७७ वटै जिल्लाका सीडीओलाई गृहको निर्देशन


  • 2.2K
    Shares

    बैंकका कर्मचारीलाई सुरक्षा दिन ७७ वटै जिल्लाका सीडीओलाई गृहको निर्देशन
    images

    काठमाडौ । गृहमन्त्रालयले ७७ वटै जिल्लाका सीडीओलाई बैंक तथा वित्तीय संस्थाका कर्मचारीको सुरक्षामा अलर्ट रहन निर्देशन दिएको छ ।

    बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूले व्यक्तिगत सुरक्षामा चुनौती आएको भन्दै सुरक्षाको माग गरेपछि गृहले यस्तो निर्देशन दिएको हो ।

    बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि अवाञ्छित गतिविधि हुन थालेपछि निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए ।

    उनले भने, ‘सहकारी लघुवित्त, बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि अवाञ्छित क्रियाकलाप बढेपछि हामीले त्यस्तो क्रियाकलाप नियन्त्रण गर्न सिडिओ कार्यालयलाई भनेका छौं । साथै प्रहरी प्रधान कार्यालयमार्फत पनि परिपत्र गरिएको छ ।’

    जाजरकोटमा लघुवित्त संस्थाका कर्मचारीलाई कालोमोसो दलेको, मोरङमा जीवन विकास लघुवित्तका कर्मचारी कुटिएका घटनासँगै बैंकिङ क्षेत्रका कर्मचारी त्रसित छन् । परिचय पत्र र गाडीमा लगाइएको स्टिकरसमेत झिकेर हिँड्न बाध्य भएको बैंकर्सको गुनासो छ । पछिल्लो सयम व्यवसायी दुर्गा प्रसाईँले आफ्नो अभियानमा बैंकको ऋण नतिर्न उकासेको भन्दै यसले अझ उच्छृंखल गतिविधि बढेको उनीहरूको बुझाई छ ।

    व्यवसायी, लघुवित्तका ऋणीहरूले ऋण नतिर्ने, लघुवित्त संस्था नै खारेज गर्नुपर्ने भन्दै आन्दोलनसमेत गरिरहेका छन् । 

    प्रकाशित मिति :फाल्गुण २३ २०७९ मंगलवार - १६:४७:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij