Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आइएमई पे र क्युएफएक्स सिनेमाजबीच सम्झौता, टिकटमा रू. ५० को फ्ल्याट क्यासब्याक

आइएमई पे र क्युएफएक्स सिनेमाजबीच सम्झौता, टिकटमा रू. ५० को फ्ल्याट क्यासब्याक


  • 2.3K
    Shares

    आइएमई पे र क्युएफएक्स सिनेमाजबीच सम्झौता, टिकटमा रू. ५० को फ्ल्याट क्यासब्याक

    आइएमई पे र क्युएफएक्स सिनेमाजबीच ‘आइएमई पे डे एट क्युएफएक्स’ नामक अफरको सम्झौता भएको छ । दुई कम्पनीबीच ग्राहकले क्युएफएक्स सिनेमाजको वेबसाइट र एप्लिकेसनबाट आइएमई पे रोजी बुधबारका दिन मुभी टिकटको भुक्तानी गर्दा ५० रुपैयाँको फ्ल्याट क्यासब्याक हरेक हप्ता प्राप्त गर्न सक्ने सम्झौता भएको हो । 

    सम्झौतामा हस्ताक्षर गर्दै आइएमई पेका प्रमुख व्यापार अधिकृत आमोद भट्टराईले यो अफर डिजिटल भुक्तानी माध्यममा प्रोत्साहन दिन उचित कदम हुने बताए । त्यस्तै, क्युएफएक्स सिनेमाजकी व्यापार विकास प्रमुख तृप्ति गिरीले आइएमई पेसँग आबद्घ भई यो अफरमार्फत मुभीप्रेमीलाई सहज हुने र अझ बढी ग्राहक आकर्षित हुने विश्वास व्यक्त गरिन् । 

    यो अफर अवधिभरको हरेक बुधबारको खरिदमा मात्र लागू हुने जनाइएको छ । अफरका लागि निर्दिष्ट गरिएका सर्तअनुसार प्रयोगकर्ताले एक दिनमा एकपल्ट मात्र यो अफरअन्तर्गतको लाभ प्राप्त गर्न सक्ने उल्लेख छ । त्यसपश्चात् प्रयोगकर्ताले पुनः अर्को बुधबार मात्र अफरको फाइदा लिन सक्ने जनाइएको छ । साथै, आगामी दिनहरूका लागि लाइभ भएका टिकटहरू पनि बुधबारका दिन खरिद गर्दा ग्राहकले उक्त छुट पाउने कम्पनीले जनाएको छ । यो अफर क्युएफएक्स सिनेमाजका ११ वटा हलहरूमा लागू भएको कम्पनीले उल्लेख गरेको छ । 

    प्रकाशित मिति :फाल्गुण ५ २०७९ शुक्रवार - ११:१०:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij