Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

लोकसेवा मार्फत विज्ञापन खुलाउन माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र

लोकसेवा मार्फत विज्ञापन खुलाउन माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र


  • 1.9K
    Shares

    लोकसेवा मार्फत विज्ञापन खुलाउन माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र
    images

    मधेश प्रदेशमा करार पदपूर्ति बन्द गर्नुपर्ने माग राख्दै कम्प्युटर अपरेटरका विद्यार्थीले ज्ञापन पत्र बुझाएका छन्। 

    मधेश प्रदेशमा पटक-पटक करार सेवामा कर्मचारी भर्ना गरेको प्रति आपत्ति जनाउँदै करार सेवामा कर्मचारी भर्नाको विज्ञापन नखुलाई लोकसेवामार्फत विज्ञापन खुलाउन माग गर्दै कम्प्युटर अपरेटरका विद्यार्थीले सोमबार मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष ज्ञापनपत्र बुझाएका हुन्। 

    करार सेवामा कर्मचारी भर्ना नगर्न माग गर्दै जनकपुरधाममा प्रदर्शन गरेका छन्। प्रदेश तथा स्थानीय तह मातहतका कार्यालयहरू सञ्चालनका लागि आवश्यक पर्ने जनशक्ति पदपूर्ति जिम्मेवारी प्रदेश लोकसेवा आयोगको भए तापनि करारमा कर्मचारी भर्ना गर्ने गरेको भन्दै विद्यार्थीहरूले प्रदर्शन गरेका हुन्। 

    विद्यार्थीहरूले करार पदपूर्ति बन्द गर्नुपर्ने, मधेश प्रदेश लोकसेवा आयोग निष्क्रिय बनाउन नहुने, विज्ञापनको वार्षिक कार्यपालिका समावेश गरी सार्वजनिक गर्नुपर्नेलगायतका माग गरेका छन्। 

    मुख्यमन्त्री यादवलाई ज्ञापनपत्र बुझाउँदै प्राविधिक कम्प्युटर अपरेटरतर्फको विज्ञापन खुलाउन माग गरेका छन्।

    प्रकाशित मिति :माघ २४ २०७९ मंगलवार - ११:४०:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij