Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रदेश १ प्रदेशसभा बैठक बस्दै, दुईवटा अध्यादेश स्वीकृत गरिने

प्रदेश १ प्रदेशसभा बैठक बस्दै, दुईवटा अध्यादेश स्वीकृत गरिने


  • 2.2K
    Shares

    प्रदेश १ प्रदेशसभा बैठक बस्दै, दुईवटा अध्यादेश स्वीकृत गरिने

    आज प्रदेश १ प्रदेशसभाको बैठक बस्दै छ । दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । प्रदेश सभाको यो छैटौँ बैठक हो । बैठकको बिजनेस नभएको भन्दै तीन साताअघि बैठक स्थगन गरिएको थियो ।

    पुस ३० मा उपसभामुख चयन गरेपछि बिजनेस नभएकै कारण प्रदेशसभा अनिश्चितकालका लागि स्थगनमा भएको थियो । संसद् बैठक शुरु हुने अघिल्लो दिन आइतबार साँझसम्म सरकारले सदनमा कुनै पनि विधेयक पठाएको छैन । बैठक पुन बिजनेसविहीन हुने देखिएको छ । 

    यद्यपि प्रदेशसभामा यसअघि नै  दुई वटा अध्यादेश पेस भइसकेका छन् । प्रदेश निजामती सेवा अध्यादेश र केही प्रदेश ऐन संशोधन अध्यादेशलाई ६० दिनभित्र विधेयक ल्याई प्रतिस्थापन गर्नुपर्ने हुन्छ । सरकारले सोहीअनुसार तयारी भइरहेको जनाएको छ । सरकारले सांसदलाई बिजनेस दिने गृहकार्य भइरहेको जनाउँदैआएको छ ।  

    अघिल्लो सरकारले लामो समयसम्म रहँदा पनि कुनै बिजनेस नदिएको बताउँदै प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले नयाँ सरकार बनेको छोटो समयमै बिजनेस दिन सम्भव नहुने बताए । अब तयारी गरेर सरकारलाई बिजनेस दिने उनले बताए । 

    संसदीय अभ्यासमा हिउँदे अधिवेशनलाई विधेयक अधिवेशन पनि भनिन्छ । बर्खे अधिवेशन नीति तथा कार्यक्रम एवम् बजेटमा केन्द्रित हुने, विशेष अधिवेशन खास मुद्दामा केन्द्रित हुने भएकै कारण हिउँदे अधिवेशन विधेयकहरू आउने अवसरका रूपमा चिनिन्छ । तर, दोस्रो कार्यकालको पहिलो अधिवेशनको छैटौँ बैठकसम्म आइपुग्दा संसद्मा कुनै पनि विधेयक दर्ता भएको छैन । 

    अघिल्लो सरकारले तयार पारेको सञ्चार विधेयक तत्कालीन विधायन समितिका सभापति इन्द्रमणि भण्डारीले समितिमा छलफलमा नलगेर रोकेका थिए । उक्त विधेयकबारे नयाँ सरकारले केही बोलेको छैन । मुख्यमन्त्री हिक्मत कार्की भने सञ्चार विधेयकलाई अगाडि बढाउने बताएका छन् । 

    स्थानीय तह सेवा ऐन, भाषा आयोगले सिफारिस गरेअनुसार प्रदेशको  कामकाजी भाषाबारे पनि विधेयक आउन जरुरी रहेको सांसदहरूले बताउँदै आएका छन् । तर, सरकारले यी विधेयकमा कुनै तयारी गरेको देखिदैन । यसबाहेक संसद्का विषयगत समितिहरू पनि गठन भएका छैनन्। 

     

    प्रकाशित मिति :माघ २३ २०७९ सोमवार - ११:३९:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij