Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

रविको फैसला आजै आउने भएपछि सर्वोच्चमा बढाइयो सुरक्षा

रविको फैसला आजै आउने भएपछि सर्वोच्चमा बढाइयो सुरक्षा


  • 2.5K
    Shares

    रविको फैसला आजै आउने भएपछि सर्वोच्चमा बढाइयो सुरक्षा

    गृहमन्त्री रवि लामिछानेको नागरिकता मुद्दाको सुनुवाइ सकिएसँगै सर्वोच्च अदालतमा सुरक्षा बढाइएको छ।

    कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा अन्तिम सुनुवाइ सकिएसँगै अब आदेशको प्रतिक्षा भइरहेको छ।

    यो मुद्दामा सर्वोच्चले आदेश दिने या आदेशका लागि अर्को मिति तोक्न सक्ने छ। आदेशका लागि संवैधानिक इजलासमा न्यायाधीशहरु अहिले छलफलमा छन्। 

    उनीहरुले छलफल सकेपछि रविको नागरिकता मुद्दामा आदेश दिने तयारी छ। यससँगै अहिले महानगरीय प्रहरी परिसर काठमाडौंले सुरक्षाकर्मीको संख्या बढाएको छ।

    आदेश आउने भएपछि सर्वसाधारणको पनि चासो सर्वोच्चतिर बढेको छ। बुधबार सुनुवाइ नसकिएपछि शुक्रबार (आज) का लागि मुद्दा हेर्दा हेर्दैमा राखिएको थियो।

    अधिवक्ता रविराज बसौला र सिन्धुलीका युवराज पौडेल सफलसहितले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधानमन्त्री लामिछाने प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसदको योग्यताबारे प्रश्न उठाउँदै रिट निवेदन दायर गरेका थिए। 

    नेपाली नागरिकता नलिई राजनीतिक दल खोलेको, प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरी सांसद बनेको उल्लेख गर्दै उपप्रधानमन्त्री लामिछानेको सांसद पद खारेजको माग रिट निवेदनमा गरिएको  थियो।

    प्रकाशित मिति :माघ १३ २०७९ शुक्रवार - १५:२६:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij