२०८२ भाद्र २ गते सोमवार
गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको थप सुनुवाइ आज (शुक्रबार) हुँदै छ।
गत बुधबार रिट निवेदक र प्रतिवादी सरकारको पक्षबाट बहसपछि यो मुद्दा हेर्दा हेर्दैमा छाडिएको थियो।
माघ ११ गते गृहमन्त्री लामिछाने र सरकारी वकिलको कार्यालयका वकिलहरूको बहस नसकिएकाले मुद्दा आजका लागि हेर्दाहेर्दैमा राखिएको हो। अब आज थप बहस हुनेछ।
गृहमन्त्री लामिछाने नेपाली नागरिक हुन् कि होइनन्? यो प्रश्नको जवाफ सम्भवतः सर्वोच्च अदालतले शुक्रबार दिने छ। शुक्रबार फैसला नआए पनि फैसला आउने मिति भने संवैधानिक इजलासले तोक्नेछ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij