Logo

२०८२ भाद्र १४ गते शनिवार

२०८२ भाद्र १४ गते शनिवार

छ वटी छोरीलाई सरकारी जागिरे बनाउने बुबा-आमाको यस्तो छ संघर्षको कथा, परिवारै सरकारी जागिरमा 

छ वटी छोरीलाई सरकारी जागिरे बनाउने बुबा-आमाको यस्तो छ संघर्षको कथा, परिवारै सरकारी जागिरमा 


  • 170.3K
    Shares

    छ वटी छोरीलाई सरकारी जागिरे बनाउने बुबा-आमाको यस्तो छ संघर्षको कथा, परिवारै सरकारी जागिरमा 
    images

    विदुर भट्टराई रिटायर्ड सरकारी अधिकृत हुन् । उनका छ  छोरी र पाँच जुवाइँ पनि सरकारी जागिरे छन् । तीन छोरी उपसचिव भइसकेका छन् भने दुई छोरी शाखा अधिकृत र एक छोरी सुब्बा छन् । तीन छोरी जन्मेपछि परिवार नियोजन गर्न हिँडेका विदुर भट्टराईलाई कान्छी फुपूले रोकिन् । ‘छोरीले मात्र पुग्छ रु खोइ छोरा रु’ उनकी फुपूको प्रश्न थियो । भट्टराईका आमाबुबा पनि तीन छोरीले मात्र सन्तुष्ट थिएनन् । ‘एउटा नाति त चाहियो’ भन्ने उनीहरूलाई पनि लाग्थ्यो । यो चार दशकअघिको कुरा हो ।

    खोटाङ, लामिडाँडामा जन्मेका विदुरले तीन वर्ष गाउँकै निमाविमा शिक्षक भएर काम गरेका थिए । त्यतिबेला गाउँको परिवेश सरकारी जागिरप्रति निकै आकर्षित थियो । शिक्षकको जागिरभन्दा निजामती सेवामा जानुपर्छ भन्ने विदुरलाई पनि लाग्यो । आमाबुबाको चाहनाअनुरूप २०३४ सालमा उनी खरिदारबाट सरकारी जागिरमा पसे । सप्तरी, राजविराजमा भूमिसुधार कार्यालयमा उनको पहिलो जागिर सुरु भएको थियो । उनी सुब्बा हुँदै अधिकृतसम्म पुगे । केही वर्षअघि अधिकृत पदबाटै रिटायर्ड भइसकेका छन् ।

    पढाइ नै सर्वस्व  

    उनी छोराछोरीबीच खासै विभेद देख्दैनथे । तर, परिवार, छरछिमेकले उनीबाट छोराको चाहना राखेको राम्रोसँग बुझेका थिए । अरूका लागि भए पनि छोरा जन्माइदिनुपर्ने बाध्यता र सामाजिक दबाब उनीमाथि थियो । उनकी पत्नी गंगादेवीले पनि छोरी मात्र जन्माउँदा निकै गुनासो सुन्नुपरेको थियो । छोराकै आशमा छ बहिनी छोरी जन्मिए । छोरा पर्खंदा छोरी जन्मे पनि भट्टराई जोडी कहिल्यै दुःखी भएनन् । उनले जुनसुकै हालतमा छोरीहरूलाई पढाउने दृढ संकल्प गरिसकेका थिए ।

    गंगादेवीलाई अरूका लागि छोरा जन्माइदिन नसकेकोमा दुःख लाग्थ्यो । आफ्नै गल्तीले परिवारको चाहनाअनुसार छोरा जन्माउन नसकेको हो कि जस्तो उनलाई लाग्थ्यो । छ कक्षामा पढ्दै गर्दा १४ वर्षमै उनको विवाह भएको थियो । उनी १६ वर्षकी हुँदा जेठी छोरी जन्मिएकी थिइन् । २१ वर्षको उमेरसम्म पुग्दा उनले तीन छोरी जन्माइसकेकी थिइन् । उनी भन्छिन्, ‘तीनटी छोरी जन्मेपछि बल्ल आमा भएको महसुस गरेँ ।’

    श्रीमान्को मात्रै जागिरमा रमाउन नचाहने उनी छोरीहरूलाई काममा भन्दा पढ्नमा जोड दिन थालिन् । सानैदेखि लगनशील, अनुशासित बन्न छोरीहरूलाई सिकाइन् । आफूले पढ्न नपाए पनि छोरीहरूलाई पढाएर देशको सेवा गर्ने मान्छे बनाउने इच्छा थियो । उनको इच्छा पूरा भएको छ । गंगादेवी भन्छिन्, ‘देश बनाउने छोरी बनून् । देशका सबै छोरीहरू विद्वान बनून् । छोरा र छोरीमा केही फरक छैन ।’

    विदुर आफैँ सरकारी जागिरे भएकाले उनले सरकारी जागिरको महत्व बुझेका थिए । त्यसबेला महिला विकास कार्यालय धनकुटामा मुख्य महिला कार्यकर्ताको जागिर खुलेको थियो । उनले छोरीलाई अह्राए । ठूली छोरी विष्णुले अस्थायीमा नाम निकालिन् ।

    त्यतिबेला उनको परिवार खोटाङबाट सुनसरी बसाइँ सरेको थियो । ठूली छोरी पोशाक लगाएर अफिस जाँदा अरू छोरीहरूलाई प्रेरणा मिलेको भट्टराई बताउँछन् । उनका अनुसार ठूली छोरीले जागिर खान थालेपछि अरूले पनि देखासिकी गर्न थाले । ‘अरू छोरीहरूले पनि जागिर खानुपर्छ भन्ने सोच्न थाले,’ गंगादेवी भन्छिन् ।

    भट्टराईलाई कुनै ठूला मान्छेसँग झुकेर, भनसुन गरेर छोरीहरूलाई जागिर खुवाउन मन थिएन । आफ्नै बलबुताले जागिरमा प्रवेश गरून् भन्ने उनको इच्छा छोरीहरूले पूरा गरिदिए । ‘स्वदेशमै संघर्ष गरेर छोरीहरूले देशको सेवा गरून् भन्ने सोच्थेँ । मेरो इच्छा उनीहरूले पूरा गरिदिए,’ विदुर भन्छन्, ‘छोरा जन्माइनस् भन्नेलाई छोरीहरूले गतिलो झापड दिए ।’

    दिदीको बाटोमा सबै बहिनी
    पढाइमा मेहनती छोरीहरूले पालैपालो लोकसेवा आयोगको परीक्षा दिए र नाम निकाले । छ बहिनी निजामती सेवामा प्रवेश गरे । तीन छोरी उपसचिव भइसकेका छन् भने दुई छोरी शाखा अधिकृत र एक छोरी सुब्बा छन् । ‘पैसा कमाउन, पढ्न विदेश जाने चलनलाई हाम्रा छोरीले पछ्याएनन्,’ विदुर भन्छन् ।

    भट्टराईले विदेश जाने ज्वाइँ रोजेनन् । विदेश बस्न रुचाउनेलाई छोरी माग्न आउँदा दिएनन् । ‘छोरीहरूले देशसेवा गरिरहेका छन्, ज्वाइँ पनि त्यस्तै होऊन् भन्ने चाहन्थेँ,’ विदुर भन्छन् । उनले सोचेजस्तै भयो, उनका पाँच जना ज्वाइँ निजामती कर्मचारी नै हुन् । एक जना प्राइभेट बैंकमा कार्यरत छन् ।

    घरमा दिदीबहिनीको भेट हुँदा प्रशासनिक, राजनीति, समसामयिक विषयमा छलफल हुन्छ । चाडबाडमा छोरीज्वाइँ घरमा आउँछन् । सबै निजामती कर्मचारी भएकाले सबैको बिदा एकैदिनमा मिल्छ । बिदामा घुम्न जान्छन् । भट्टराई दम्पती छोरीहरू अझै ठूलो पदमा पुगेर देशको सेवा गरून् भन्ने चाहना राख्छ । नातिनातिना हेरिदिएर छोरीहरूको काममा उनीहरूले सघाउने गरेका छन् ।

    छ जना छोरी सेतो सर्ट, नीलो प्यान्टमा ठाँटिएर अफिस जाँदा भट्टराई दम्पती गर्व महसुस गर्छ । छोरी मात्र होइन, उनका पाँच जना ज्वाइँ पनि निजामती सेवामै कार्यरत छन् । छोरीहरू पालैपालो सरकारी जागिरमा प्रवेश गर्दा घरको वातावरण नै अध्ययनशील बनेको उनीहरू बताउँछन् । ‘एकपछि अर्को छोरीले पहिलो प्रयासमै निजामतीमा प्रवेश गरेको देख्दा गर्व लाग्छ,’ भट्टराई दम्पती भन्छ ।

    विदुरको चाहना छ, छोरीज्वाइँले आफ्नो कामको दायित्वअनुसार निष्पक्ष तरिकाले जनतालाई सेवा दिन सकून् । कुनै आर्थिक प्रलोभनमा नपरी देशको सेवा गरून् । उनी भन्छन्, ‘सामान्य रूपमा जीवन गुजाराका लागि सरकारले तलब दिएको छ । कुनै पनि आर्थिक प्रलोभनमा नपरी मेरा छोरीज्वाइँले जनतालाई छिटोछरितो सेवा दिऊन् मेरो इच्छा यति नै हो ।’

    सरकारी जागिरे छोरीहरू
    विष्णुकुमारी भट्टराई (जेठी) : प्रमुख, पाँचखाल नगरपालिका काभेपलान्चोक  
    उनी सानैदेखि नेतृत्व लिने स्वभावकी थिइन् । उनले २०४९ देखि अस्थायी बनेर सरकारी सेवामा प्रवेश गरिन् । तीन वर्षसम्म धनकुटामा मुख्य महिला कार्यकर्ता बनेर अस्थायी रूपमा काम गरिन् । २०५५ सालदेखि खरिदारबाट लोकसेवा पास गरी निजामतीमा प्रवेश गरेकी हुन् । उनको पहिलो जागिर गोश्वारा हुलाक कार्यालय सुन्धाराबाट सुरु भएको हो । अहिले उनी नयाँ संरचनाअनुसार बनेको नगरपालिका प्रमुख बनेकी छिन् । उनका श्रीमान् चन्द्रप्रसाद फुँयाल उपसचिव बाट अवकाश पाईसकेका छन्  ।

    उनले सोलुखुम्बुमा सहायक प्रमुख जिल्ला अधिकारी बनेर डेढ वर्ष काम गरिन् । घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरमा प्रमुख बनेर काम सम्हालिसकेकी छिन् ।

    विन्दा आचार्य (माइली) : उपसचिव
    २०५५ सालमा मुखिया पदबाट जिल्ला हुलाक कार्यालय ललितपुरबाट काम सुरु गरेकी थिइन्, विन्दाले । उनले स्वास्थ्य मन्त्रालय, पर्यटन कार्यालय सोलुखुम्बु नाम्चेमा कार्यालय प्रमुख रहेर काम गरिसकेकी छिन् । उनका श्रीमान् गणेश आचार्य उपसचिव छन् ।

    रमा भट्टराई (साइँली) : उपसचिव
    खरिदार पद गोश्वारा हुलाक कार्यालय सुन्धाराबाट सरकारी जागिरमा प्रवेश गरेकी हुन्, रमाले । उनले वर्गेन युनिभर्सिटीबाट मास्टर्स इन पब्लिक एडमिनिस्ट्रेसन सकेकी छिन् । यसअघि राष्ट्रिय योजना आयोगमा काम गरिसकेकी उनले  वैदेशिक रोजगार विभागमा समेत काम गरेकी थिईन  । उनका श्रीमान् कोषहरि निरौला मोरंगको प्रमुख जिल्ला अधिकारी छन्  ।

    रेनु भट्टराई (काइँली) : शाखा अधिकृत
    रेनुले सिन्धुपाल्चोक जिल्लामा गाविस सचिवबाट जागिर सुरु गरेकी थिइन् । उनले शाखा अधिकृतबाट सरकारी जागिरमा प्रवेश गरेकी हुन् । हाल उनी करदाता सेवा कार्यालय न्यूरोडमा कर अधिकृतको रूपमा कार्यरत छन् । उनका श्रीमान् चिरञ्जीवी तिम्सिना उपसचिव छन् ।

    अनु भट्टराई (राइँली) : नेपाल एयरलाइन्समा अकाउन्टेन्ट पदमा कार्यरत छिन्, अनु । दिदीहरूको प्रेरणाले सरकारी जागिरमा प्रवेश गरेकी उनी पहिला विराटनगरमा सहकारी सञ्चालन गरेर बसेकी थिइन् । दिदीबहिनीको प्रेरणाले एक वर्षअघि सरकारी सेवामा आएकी हुन् । उनका श्रीमान् विराटलक्ष्मी बैंक चन्द्रगढी, झापामा म्यानेजरका रूपमा कार्यरत छन् ।

    जुनु भट्टराई (कान्छी) : सुब्बा छिन।  उनका श्रीमान् मिलन कार्की शाखा अधिकृत छन् ।

    प्रकाशित मिति :माघ २५ २०७७ आइतवार - १६:५६:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij