Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

सकियो पहिलो चरणको कोरोना खोप अभियान, दोस्रो चरणको कोरोना खोप पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई

सकियो पहिलो चरणको कोरोना खोप अभियान, दोस्रो चरणको कोरोना खोप पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई


  • 11.1K
    Shares

    सकियो पहिलो चरणको कोरोना खोप अभियान, दोस्रो चरणको कोरोना खोप पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई
    images

    काठमाडौं । कोरोना भाइरसविरुद्ध पहिलो चरणको खोप कार्यक्रम सम्पन्न भएको छ । पहिलो चरणमा एक लाख ८४ हजारले खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    अब दोस्रो चरणमा पत्रकार र कूटनीतिक क्षेत्रका कर्मचारीहरुलाई खोप दिइने मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए । 

    डा. गौतमका अनुसार भारत सरकारले अनुदानमा उपलब्ध गराएको खोप ‘कोभिशिल्ड’ देशभरका २०१ खोप केन्द्रबाट एक लाख ८४ हजार ८५७ जनालाई दिइएको छ ।

    सरकारले यही माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको थियो । पहिलो चरणमा कूल जनसंख्याका तीन प्रतिशतलाई खोप लगाउनेमध्ये स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, शव वाहन चालक, स्वास्थ्य स्वयंसेविकालगायत थिए ।

    प्रकाशित मिति :माघ २५ २०७७ आइतवार - ११:००:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij