Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रदेश १ को प्रदेशसभा बैठक आज बस्दै, मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने तयारी

प्रदेश १ को प्रदेशसभा बैठक आज बस्दै, मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने तयारी


  • 9.4K
    Shares

    प्रदेश १ को प्रदेशसभा बैठक आज बस्दै, मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने तयारी

    विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठक आइतबार (आज) बस्दै छ । प्रदेश १ को प्रदेशसभाको सातौँ हिउँदे अधिवेशनको दोस्रो बैठक आज बस्न लागेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

    यही माघ ७ गते केही मिनेट बसेर स्थगित भएको बैठक आज दिउँसो २ बजेका लागि आह्वान गरिएको हो । बैठकअघि बिहान ११ बजे प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ ।

    आजको बैठकमा नेकपाको प्रचण्ड-नेपाल समूहका सांसदहरुले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव टेबल गर्ने तयारी गरेका छन् ।

    मख्यमन्त्री राईको कारबाहीमा परेका १६ जना प्रदेशसभा सदस्यलाई बैठकमा उपस्थित हुन नदिने रणनीतिमा ओली समूहका प्रदेश सांसदहरु रहेका छन् ।

    गएको पुस १२ गते नेकपाको प्रचण्ड–नेपाल समूहका ३७ जना सांसदले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । अहिले नेकपा प्रचण्ड-नेपाल समूहको प्रदेश १ को संसदीय समितिको बैठक बसिरहेको छ । 

    प्रकाशित मिति :माघ २५ २०७७ आइतवार - १०:४६:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij