Logo

२०८२ पौष ९ गते बुधवार

२०८२ पौष ९ गते बुधवार

१४ दिनका लागि २० अर्ब रूपैयाँ तरलता बजार पठाउँदै राष्ट्र बैंक

१४ दिनका लागि २० अर्ब रूपैयाँ तरलता बजार पठाउँदै राष्ट्र बैंक


  • 2.3K
    Shares

    १४ दिनका लागि २० अर्ब रूपैयाँ तरलता बजार पठाउँदै राष्ट्र बैंक
    images

    नेपाल राष्ट्र बैंकले १४ दिनका लागि २० अर्ब रूपैयाँ तरलता बजारमा पठाउने भएको छ । बैंकले मंसिर १५ गतेदेखि मंसिर २९ गतेसम्म कुल १४ दिनका लागि रिपोमार्फत दुई सय करोड अर्थात् २० अर्ब रूपैयाँ पठाउने भएको हो । 

    इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो २ बजेसम्म तरलता सुविधाका लागि राष्ट्र बैंकमा आवेदन दिन सक्नेछन् ।

    सार्वजनिक बोलकबोलमार्फत जारी गरिने रिपोका लागि न्यूनतम् १० करोड रुपैयाँदेखि ५ ले भाग लाग्ने अंकसम्मका लागि दरखास्त दिन सकिने बैंकले जनाएको छ ।

    राष्ट्र बैंकले बजारमा तरलता अभावका बेला रिपोमार्फत अल्पकालीन सापटिका रुपमा पैसा प्रवाह गर्ने गर्छ भने अधिक तरलता भएका बेला रिभर्सरिपोमार्फत तरलता लिने गर्छ ।

    प्रकाशित मिति :मंसिर १५ २०७९ बिहिवार - ११:२०:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij