२०८२ भाद्र २५ गते बुधवार
काठमाडौं । सहसचिव र उपसचिवको परीक्षा पुर्ववत समयमै हुने भएको छ । थारु आरक्षण कोटा माग गर्दै थारु कल्याणकारिणी सभाद्वारा दायर रिटमाथी यसअघि दिएको अन्तरिम आदेश रद्द भएसंगै परीक्षा पुर्ववत समयमै हुने भएको हो ।
अन्तरिम आदेश रद्द भएपछि परीक्षा यसअघि कै तालिकाअनुसार हुने आयोगका सुचना अधिकारी देवि प्रसाद सुबेदीले बताए । यद्यपि आदेश भने पुगि नसकेकोले प्राप्त भएपछी आयोगले सुचना प्रकाशन गर्ने सुबेदीले बताए ।
संविधान अनुसार थारु आरक्षण कोटा नराखी कर्मचारी पदपूर्ति गर्न लागेको भन्दै थारु कल्याणकारिणी सभाको तर्फबाट दायर रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश प्रकाश कुमार ढुङ्गानाको एकल इजलासले मुद्दाको अन्तिम किनारा नलागेसम्म ६.६ प्रतिशत पदमा पदपूर्ति नगर्न अन्तरिम आदेश दिएको थियो ।
उक्त आदेश पछि परीक्षा संचालन गर्न कठिनाइ हुने भन्दै सरकार भ्याकेट्मा गएको थियो ।
आयोगले असोज २६ गते सहसचिव र उपसचिवका लागि विज्ञापन खोलेको थियो । आयोगले विभिन्न सेवा समूहतर्फ गरी सहसचिव पदमा ११२ र उपसचिव पदमा ३२१ गरी जम्मा ४३३ जनाका लागि विज्ञापन माग गरेको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij