Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

आजको राशिफल : २०७९ कार्तिक २५ गते (शुक्रवार)

आजको राशिफल : २०७९ कार्तिक २५ गते (शुक्रवार)


  • 4.5K
    Shares

    आजको राशिफल : २०७९ कार्तिक २५ गते (शुक्रवार)

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

    रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको सुझावमा भर नपर्नुहोला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। तर महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला। 

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

    व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। सोखले खर्चको मात्रा भने बढाउनेछ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

    पराक्रमी कार्य सम्पादन गर्दै नाम र दाम कमाउने बेला छ। सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। उद्योग र व्यापारमा पनि मनग्गे लाभ हुनेछ। 

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

    आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। तापनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। 

    सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

    स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। 

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

    फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ला। बलजफ्तीको व्यवहारले व्यर्थैमा समस्या निम्त्याउन सक्छ। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। 

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

    समयको मागअनुसार चल्न नसक्दा चिताएको काममा विलम्ब हुन सक्छ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ।

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

    अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

    शारीरिक कमजोरीले चिन्ता बढाउन सक्छ। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। तापनि, लगनशीलताले उपलब्धि दिलाउनेछ। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। 

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

    सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। सामान्य कामका लागि पनि दौडधुप गर्नुपर्नेछ। व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। 

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

    रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन्। बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। 

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

    व्यापारमा लाभ लिने समय छ। व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ। विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। प्रियजनको साथले नयाँ आशा जगाउनेछ।

    तपाईको दिन शुभ रहोस् ।

    प्रकाशित मिति :कार्तिक २५ २०७९ शुक्रवार - ०६:४४:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij