२०८२ भाद्र ९ गते सोमवार
भारतमा आज आर्थिक वर्ष २०२१/२२ को बजेट आउदै छ । हरेक बर्ष फेब्रुअरी १ मा भारतको संसदमा बजेट प्रस्तुत हुने गर्दछ ।
सोमबार बिहान ११ बजे वित्तमन्त्री निर्मला सीतारमणले संसदमा बजेट प्रस्तुत गर्न लागेकी छन् । कोरोना महामारीका कारण जुझी रहेको भारतीय अर्थव्यवस्थालाई ट्रयाकमा ल्याउन यो बजेटलाई महत्वका साथ हेरिएको छ ।
भारतीय मिडियाहरुले यस बजेटले रोजगार, सहुलियत, महंगाई, शिक्षा, स्वास्थ्य, रक्षा जस्ता क्षेत्रमा महत्वपूर्ण घोषणा गर्नसक्ने बताएका छन् ।
गत बर्ष भारतको आर्थिक वृद्धिदर ऋणात्मक भएपनि २०२१ मा भारतले साढे ११ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अन्तर्राष्ट्रिय मुद्रा कोषले अनुमान गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij