२०८२ भाद्र २५ गते बुधवार
कर्णाली प्रदेश लोक सेवा आयोगले विभिन्न पदका लागि ७३ कर्मचारी माग गर्दै विज्ञापन खोलेको छ।
आयोगले मंगलबार एक विज्ञापन जारी गर्दै कर्मचारी समायोजन ऐन, २०७५ को दफा १२ को व्यवस्था बमोजिम प्रदेश सरकारका विभिन्न निकाय तथा मन्त्रालयमा रिक्त रहेका पदका लागि दरखास्त आह्वान गरेको हो।
आयोगले आठौं तहको स्वास्थ्य सेवाको विभिन्न समूहको लागि १७ जना कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ भने सातौं तहको विभिन्न सेवा र उपसमूहका लागि ५६ जना कर्मचारीको लागि दरखास्त आह्वान गरेको हो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij