Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

आजको राशिफल : २०७७ माघ १६ गते (शुक्रबार)

आजको राशिफल : २०७७ माघ १६ गते (शुक्रबार)


  • 8.5K
    Shares

    आजको राशिफल : २०७७ माघ १६ गते (शुक्रबार)

    मेष (चुचेचोलालिलुलेलोअ)

    रोकिएका काम फेरि सुरु हुन सक्छन् । जग्गाजमिनको कारोबारबाट राम्रो फाईदा हुनेछ । जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । न्यायीक क्षेत्रमा सफलता मिल्नेछ । प्रेम सम्बन्ध प्रगाढ बन्नेछ ।

    वृष (इवाविवुवेवो)

    अनुहारमा कान्ती र मनमा शान्ति छाउला । विपरित लिंगीप्रति विशेष आकर्षण बढ्नेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु परे पनि तपाईँकै जित हुने योग छ ।

    मिथुन (काकिकुकेकोहा)

    आजको दिन उत्साहजनक ढंगले बित्नेछ । योजना कार्यान्वयनका लागि उपयुक्त समय छ । मनमा उत्साह र उमंग छाउला । आत्मबलमा बढ्नेछ । शुभ समाचार सुन्न पाइएला । प्रेममा सफलता मिल्नेछ ।

    कर्कट (हिहुहेहोडाडिडुडेडो)

    पारिवारिक सद्भाव बढ्नेछ । विपरित लिंगीबाट विशेष सहयोग मिल्ला । शरीर आलश्य होला । खानपानमा विशेष ध्यान दिनु होला । अध्ययन अध्ययापन सोचेजस्तो हुने छैन । कारोबार गर्दा सचेत रहनुहोला ।

    सिंह (मामिमुमेमोटाटिटुटे)

    छोटो यात्राको योग छ । साथीभाईको जमघट हुनेछ । आम्दानी बढे पनि अनावश्यक ठाउँमा धन खर्च हुँदा बचत हुनेछैन । बोली विपरितको अर्थ लाग्दा प्रेममा मनमुटाव हुन सक्छ ।

    कन्या (टोपापिपुपेपो)

    रोकिएका काम अघि बढ्न सक्छन् । आफ्ना योजना गोप्य राख्दा राम्रो हुनेछ । साथीभाईसँगको भेटघाटले मन प्रसन्न हुनेछ ।

    तुला (रारिरुरेरोतातितुते)

    आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । स्वादिष्ट भोजन पाईनेछ । शुभकार्यको चर्चा चल्नेछ । परिवारमा सुख सन्तोष पनि छाउनेछ । प्रेममा बाधा आउन सक्छ ।

    वृश्चिक (तोनानिनुनेनोयायियु)

    मित्र मिलनको योग छ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । व्यापार व्यवसाय गर्नेका लागि पनि समय श्रेष्ठकर छ ।

    धनु (येयोभाभिभुधाफाढाभे)

    नयाँ योजना कार्यान्वयनमा आउन सक्छन् । जोश,जाँगर र उमङ्ग बढ्नेछ । साहित्यिक क्षेत्रमा रुची बढे पनि शैक्षिक क्षेत्र मध्यम नै रहनेछ । धनार्जनका नयाँ स्रोतहरू पहिचान हुनेछ ।

    मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि)

    कला र गलाको प्रभाव बढ्नेछ । मनका शान्ति र कान्ती छाउनेछ ।  शुभ समाचार सुन्न पाइएला । मेहनतको प्रशंसा गर्नेहरूको कमी हुने छैन । नयाँ कामको प्रस्ताव आउनेछ । मनमा हर्ष र उमंग छाउनेछ ।

    कुम्भ (गुगेगोसासिसुसेसोदा)

    हर्ष र उमंग छाउनेछ । लामो समयदेखि अधुरा रहेका काम पूरा हुनेछन्। साथिभाईको सहयोग रहनेछ । छिट्टै विश्वास गर्दा धोका पाइएला । लेनदेनमा विवाद आउन सक्छ । अध्ययन अध्यापन मध्यम हुनेछ ।

    मीन (दिदुदेदोचाचि)

    जोश जाँगर र हिम्मत बढ्नेछ । काममा सफलता मिल्ला । साथिभाईको सहयोग मिल्नेछ । नसोचेको ठाउँबाट धन आउन सक्छ। वित्तीय संस्थाबाट सहयोग मिल्नेछ । खर्च पनि बढ्नेछ ।

    प्रकाशित मिति :माघ १६ २०७७ शुक्रवार - ०४:४९:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij