Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

आन्दोलनरत कर्मचारीलाई शिक्षा मन्त्रालयले वार्ताको लागि बोलायो

आन्दोलनरत कर्मचारीलाई शिक्षा मन्त्रालयले वार्ताको लागि बोलायो


  • 2.3K
    Shares

    आन्दोलनरत कर्मचारीलाई शिक्षा मन्त्रालयले वार्ताको लागि बोलायो
    images

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत विद्यालय कर्मचारीहरूलाई वार्ताको लागि बोलाएको छ । नेपाल विद्यालय कर्मचारी परिषद्लाई एक पत्र पठाउँदै आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्ताको लागि आउन आग्रह गरेको हो । 

    मन्त्रालयका उपसचिव विदुरराज गिरीले लेखेको पत्रमा विद्यालय कर्मचारीले उठाएका मागका विषयमा नेपाल शिक्षक महासङ्घ मार्फत छलफल तथा वार्तामा सहभागी हुन अनुरोध गरेका हुन् । हाल घोषणा गरिएको विद्यालय बन्द कार्यक्रमहरू स्थगित गरी विद्यालयका दैनिक पठन पाठन सहज हुने वातावरण सिर्जना गर्न समेत आग्रह गरेको छ । 

    गत १ भदौदेखि आन्दोलन गर्दै आएका विद्यालय कर्मचारीहरूले आजदेखि थालिएको विद्यालय बन्द घोषणा गरेका छन् । आज देशभरका ८० प्रतिशत भन्दा बढी विद्यालयहरू बन्द गरिएको नेपाल विद्यालय कर्मचारी परिषद्का उप-महासचिव प्रेम बहादुर खत्रीले बताए । 

    वार्ताका लागि पत्र प्राप्त भएको र के गर्ने भन्ने विषयमा परिषद्को बैठक बसेर छलफल हुने खत्रीले बताए । 

    सेवा सुरक्षा ग्यारेन्टी लगायतका विभिन्न माग अघि सारेर विद्यालय कर्मचारीहरू आन्दोलन गर्दै आएका छन् । आजदेखि विद्यालय बन्दको घोषणा गरेपछि सरकारले वार्ताको लागि बोलाएको हो । 

    301554053_125548043556719_2794329456253800488_n_1_cEqIFOH07u.webp

    प्रकाशित मिति :भाद्र १२ २०७९ आइतवार - १८:१५:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij