Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

जुनसुकै बेला परीक्षा हुन सक्छन्, तयारी अवस्थामा रहनु: लोकसेवा आयोग

जुनसुकै बेला परीक्षा हुन सक्छन्, तयारी अवस्थामा रहनु: लोकसेवा आयोग


  • 2.1K
    Shares

    जुनसुकै बेला परीक्षा हुन सक्छन्, तयारी अवस्थामा रहनु: लोकसेवा आयोग
    images

    लोक सेवा आयोगले यसअघि रोकिएका परीक्षा तत्कालै अघि बढाउने भन्दै तयारीमा रहन परीक्षाको तयारी गरिरहेकाहरूलाई आग्रह गरेको छ ।

    लोक सेवा आयोगले विज्ञप्ति निकालेर कर्मचारी समायोजनसम्बन्धी रिटहरूमा सर्वोच्च अदालतको अन्तिम फैसलासँगै अब यसअघि स्थगित परीक्षा तथा नतिजा सार्वजनिक गर्ने काम यथाशीघ्र सुरु गर्ने जनाएको हो ।

    विज्ञप्तिमा अदालतको फैसलामा पदपूर्तिसम्बन्धी काम, कारबाही अघि बढाउन मिल्ने गरी आदेश भएका विज्ञापनका परीक्षा कार्यक्रम १५ दिनको सूचना दिएर अघि बढाइने उल्लेख छ ।

    विभिन्न समयमा अदालतमा दायर गरिएका निवेदनका कारण झन्डै एक हजार दरबन्दीका परीक्षा प्रभावित भएको लोक सेवा आयोगले जनाएको छ । ती सबै पदपूर्ति यही आर्थिक वर्षभित्र गरिने आयोगको भनाइ छ ।

    सर्वाेच्च अदालतले हिजो मङ्गलवार सङ्घीय संरचना लागू भएपछि भएका कर्मचारी समायोजनसम्बन्धी ९८ मध्ये धेरैजसो रिटमा अन्तिम फैसला सुनाएको हो ।

    प्रकाशित मिति :भाद्र ९ २०७९ बिहिवार - ११:३३:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij