२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । बुधबार सुनको मूल्य तोलामा ७०० रुपैयाँ घटेको छ । मंगलबार ९२ हजार ८०० मा कारोबार भएको सुनको मूल्य आज ९२ हजार १०० तोकिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि घटेको छ । मंगलबार तेजाबी सुन तोलाको ९२ हजार ३०० मा कारोबार भएको थियो आज ९१ हजार ६०० रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर एक हजार २५० मा कारोबार भइरहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij