२०८२ भाद्र ९ गते सोमवार
नयाँदिल्ली । भारतले आज (मंगलबार) ७२ औँ गणतन्त्र दिवस मनाउँदै छ । गणतन्त्र दिवसलाई लक्षित गरी राजधानी दिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
दिल्लीको आईटीओ, यमुना ब्रिज लगायतका क्षेत्रमा ठूलो संख्यामा सुरक्षा बल परिचालन गरिएको छ । ठाउँ-ठाउँमा छेकबार लगाइएको छ । किसानहरुको ट्रयाक्टर र्यालीलाई मध्यनजर गर्दै यसपटकको गणतन्त्र दिवसमा दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको हो ।
मंगलबार गणतन्त्र दिवस परेडलगत्तै किसानहरुले तीनवटा विवादित कृषि कानूनको विरोधमा ट्रयाक्टर र्यालीको आयोजना गर्दैछन् ।समाचार एजेन्सी पिटिआईका अनुसार किसान संगठनले फेब्रुअरी १ मा संसद भवन घेराउको घोषणा पनि गरेका छन् । उक्त दिन भारतको संसदमा बजेट पेश हुने छ ।
कडा सुरक्षा व्यवस्थाकाबीच किसानहरुले गणतन्त्र दिवस परेड समापन भएपछि मात्रै ट्रयाक्टर र्याली निकाल्न सक्ने प्रहरीले जनाएको छ । दिल्लीको सीमामा दुई महिनादेखि भइरहेको किसान आन्दोलनको समर्थनमा मुम्बईको आजाद मैदानमा हजारौँको संख्यामा किसानहरु भेला भएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij