२०८२ भाद्र २५ गते बुधवार
लोकसेवा आयोगले बुधबार विभिन्न विज्ञापन नम्बर, सेवा, समूह, उपसमूह, श्रेणी/तह र पदको लिखित परीक्षामा सम्मिलित भएका उम्मेदवारको नतिजा सार्वजनिक गरेको छ । सफल उम्मेदवारलाई प्रयोगात्मक परीक्षा र अन्तर्वार्ताको लागि आयोगले बोलाएका छन् ।
छनौट भएका उम्मेदवारहरूले पासपोर्ट साइजको फोटो २ प्रति, प्रमाणपत्रका सक्कल सहित नक्कल २/२ प्रति, दरखास्त फारामको प्रथम पाना २ प्रति र तृतीय पाना २ प्रति भरी प्रवेश पत्र लिई तोकिएको प्रयोगात्मक परीक्षा र अन्तर्वार्ताको दिन १ (एक) घण्टा अगावै उपस्थित हुनुपर्ने आयोगको सूचनामा उल्लेख छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij