Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

वाग्मती प्रदेशले माग्यो अधिकृत स्तरका १७४ जना कर्मचारी

वाग्मती प्रदेशले माग्यो अधिकृत स्तरका १७४ जना कर्मचारी


  • 6.4K
    Shares

    वाग्मती प्रदेशले माग्यो अधिकृत स्तरका १७४ जना कर्मचारी

    वाग्मती प्रदेशको प्रदेश लोकसेवा आयोगको हेटौँडा कार्यालयले छैठौं अधिकृत स्तरका १४९ जना खुलातर्फ र २५ जना बढुवातर्फका कर्मचारी माग गरेको छ । 

    वाग्मती प्रदेशको प्रदेश लोकसेवा आयोगले पहिलो पटक अधिकृत स्तरका कर्मचारी माग गरेको छ । यसअघि चौंथो र पाँचौं तहका कर्मचारी माग गरेको आयोगले अहिले भने छैठौं अधिकृत स्तरका कर्मचारी माग गरेको हो ।  प्रदेशका विभिन्न पालिकामा गरेर अधिकृत स्तरका १ सय ७४ जना कर्मचारी माग गरिएको प्रदेश लोकसेवा आयोग हेटौंडाका अध्यक्ष सुरेशमान श्रेष्ठले जानकारी दिनुभयो । 

    लोकसेवा आयोगले प्रशासनतर्फका ५९ जना र बाँकी सबै प्राविधिकतर्फका कर्मचारी माग गरेको छ । प्रदेशका मन्त्रालयबाट कुनै पनि कर्मचारी यसपटक माग गरिएको छैन । आजको गोरखापत्र दैनिकमा कर्मचारी भर्ना खुलेको सूचना जारी गर्दै आयोगले पालिकाबाट आवश्यक माग भएर आएका कर्मचारी माग गरिएको हो । 

    लेखातर्फका ६ जना, शिक्षामा ६ जना, तथ्याङ्कमा १ जना, सिभिल इन्जिनियरतर्फका १४ जना, बिल्डिङतर्फका इन्जिनियर २ जना, वातावरण इन्जिनियर १ जना, कृषि प्रसारमा २५ जना, कृषि बागवानीमा १ जना, कृषि बालीसंरक्षणमा २ जना, पोल्टी डेरी डेभलपमेन्टमा ९ जना, मत्स्यमा १ जना, भेटेरिनरीमा १९ जना, कृषि एग्रीमा १ जना कर्मचारी माग गरिएको अध्यक्ष श्रेष्ठले बिताउनुभयो । 

    माग गरिएका पालिकाका कर्मचारी विकट क्षेत्रका पालिकामा आवश्यक रहेको र करारमा राख्नका लागिसमेत अभाव भएकाहरुले लोकसेवा आयोगमार्फत कर्मचारी माग गर्ने गरेका छन् । 

    प्रकाशित मिति :माघ १२ २०७७ सोमवार - ११:२८:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij