२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । आइतबार तोलामा ३०० रुपैयाँले घटेको सुनको मूल्य सोमबार पनि २०० ले घटेको हो ।
अघिल्लो दिन प्रतितोला ९२ हजार ६०० रहेको छापावाल सुनको मूल्य सोमबार ९२ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य सोमबारका प्रतितोला ९१ हजार ९०० रुपैयाँ तोकिएको छ ।
चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलाको १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य हिजो पनि घटबढ भएको थिएन । सुनचाँदीको मूल्य पछिल्लो तीन साताको अन्तरालमा सामान्य घटबढ भइरहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij