Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

शिक्षा सचिवमा सुवेदी

शिक्षा सचिवमा सुवेदी


  • 3.1K
    Shares

    शिक्षा सचिवमा सुवेदी
    images

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा नयाँ सचिवलाई ल्याइएको छ । नेपाल सरकारका सचिव रामकृष्ण सुवेदीलाई शिक्षा मन्त्रालयको जिम्मा दिइएको छ । शुक्रबार निर्णय भएको थियो भने आज उनले सरुवाको पत्र बुझेका छन् ।

    सचिव सुवेदी यसअघि उपराष्ट्रपतिको कार्यालयमा थिए । शिक्षा मन्त्रालयका साविकका सचिव यादवप्रसाद कोइरालालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लगिएको छ ।

    सचिव सुवेदी शिक्षा सेवाबाट निजामती सेवामा प्रवेश गरेका हुन् । उनी शिक्षा सेवाका उपसचिव हुँदा खुला प्रतिस्पर्धाबाट प्रशासन सेवाको सहसचिवमा सफल भएका थिए । २०६९ सालमा शिक्षा मन्त्रालयको प्रशासन महाशाखामा सहसचिवको जिम्मेवारी पनि पूरा गरिसकेका थिए ।

    प्रकाशित मिति :श्रावण ३ २०७९ मंगलवार - १२:४८:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij