२०८२ भाद्र २५ गते बुधवार
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले (योजना तथा अनुगमन शाखा) वार्षिक शैक्षिक स्थिति प्रतिवेदन पठाउन परिपत्र गरेको छ । केन्द्रले साउन १ गते आइतबारको निर्णयअनुसार शिक्षा मन्त्रालयलाई परिपत्र गरेको हो ।
शैक्षिक कार्यक्रम कार्यान्वयनसँगै प्रतिवेदन प्रणालीलाई सवल र सुदृढ बनाउने सन्दर्भमा संघ, प्रदेश र स्थानीय तहमार्फत कार्यान्वयन गरिएका शैक्षिक कार्यक्रमको प्रगति विवरण एकीकृत गर्नुपर्ने भएकाले गत आर्थिक वर्ष २०६८/७९ मा सशर्त अनुदानतर्फ वित्तीय हस्तान्तरण भई प्रदेशमार्फत कार्यान्वयन भएका र प्रदेश तहको आन्तरिक स्रोतबाट विनियोजित बजेटबाट सञ्चालित शैक्षिक कार्यक्रमहरू समेतको आधारमा संलग्न प्रस्तावित ढाँचारमा रही वार्षिक शैक्षिक स्थिति प्रतिवेदन तयार गरी सोको हार्ड कपी केन्द्रअन्तर्गतको योजना अनुगमन शाखामा र सफ्टकपी केन्द्रको इमेल ठेगानामा साउन १५ गतेभित्र पठाइदिन केन्द्रले अनुरोध गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij