२०८२ भाद्र २५ गते बुधवार
नेपाल खुला विश्वविद्यालय र शिक्षा तथा मानव स्रोत विकास केन्द्रको सहकार्यमा सञ्चालन हुने एक बर्षे बीएडमा केन्द्रले ५० जनालाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ ।
सामाजिक शास्त्र तथा शिक्षा संकाय अन्तर्गत एक वर्षे प्रोफेसनल डिग्री कोर्समा २०७९ वर्षे सत्रको सेमेष्टर प्रणाली (दुई सेमेस्टर) अर्न्तगत प्रथम सेमेष्टरमा भर्ना भएका विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको हो ।
सामुदायिक विद्यालय माध्यमिक तह कक्षा ९–१२ मा अध्यापनरत कार्यरत अध्यापन अनुमति पत्र प्राप्त नगरेका शिक्षा शास्त्र संकायभन्दा अर्को संकायबाट स्नातक वा स्नातकोत्तर गरी शिक्षण पेशामा प्रवेश गरेकाले यो विषय अध्ययन गर्न सक्ने छन् ।
कम्प्युटर इन्जिनियरिङ शिक्षा, कृषि शिक्षा, सिभिल इन्जिनियरिङ शिक्षा, अंग्रेजी शिक्षा, गणित शिक्षा र विज्ञान शिक्षा विषयहरुमा विश्वविद्यालयको प्रकृयाबाट छनौट भएका शिक्षकहरू मध्ये पचास जनालाई नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पूर्ण छात्रवृत्ति उपलब्ध गराउने भएको छ ।
विश्वविद्यालयले विद्यार्थी भर्ना सम्बन्धि सूचना यसअघि नै प्रकाशन गरिसकेको छ । इच्छुक विद्यार्थीले विश्वविद्यालयको वेबसाइटमा गएर भदौ २३ गते सम्म आवेदन दिइसक्नु पर्ने सूचनामा उल्लेख गरिएको छ ।
आवेदकले आवेदन साथ सम्बन्धित शैक्षिक तह र कार्यक्रमका लागि तोकिएको न्यूनतम शैक्षिक योग्यताका प्रमाणपत्र र ट्रान्सक्रिप्टको स्क्यान कपी, अपलोड गर्नु पर्ने सूचनामा उल्लेख गरिएको छ ।
आवेदकले कम्प्युटरको आधारभूत सिय तथा ज्ञान प्राप्त गरेको हुनुपर्ने, अंग्रेजी शिक्षा, गणित शिक्षा, विज्ञान शिक्षा, कम्प्युटर इन्जिनियरिङ शिक्षा, कृषि शिक्षा, सिभिल इन्जिनियरिङ शिक्षामा भर्ना हुन स्नातक तहमा सम्बन्धित मूल विषय लिई उत्तीर्ण गरेका हुनुपर्ने छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij