Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

७ वटै प्रदेश शिक्षा मन्त्रालयलाई केन्द्रकाे यस्तो परिपत्र

७ वटै प्रदेश शिक्षा मन्त्रालयलाई केन्द्रकाे यस्तो परिपत्र


  • 4.6K
    Shares

    ७ वटै प्रदेश शिक्षा मन्त्रालयलाई केन्द्रकाे यस्तो परिपत्र
    images

    शिक्षा तथा मानव स्रोत विकास केन्द्र (योजना तथा अनुगमन) ले आवश्यक समन्वय, सहयोग र सहजीकरण गरिदिने सम्बन्धमा ७ वटै प्रदेशको सामाजिक विकास तथा शिक्षा मन्त्रालयलाई परिपत्र गरेको छ । केन्द्रले बिहीबार परिपत्र गरेकाे हाे । 

    शाखा अधिकृत रामप्रसाद शर्माद्वारा हस्ताक्षरित पत्रमा भनिएका छ, ‘प्रस्तुत विषयमा विगत लामो समयदेखि नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय/शिक्षा तथा मानव स्रोत विकास केन्द्र र युनिसेफ नेपाल सेभ द चिल्डेन सँगको सहकार्यमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा/शिक्षा तथा मानव स्रोत विकास केन्द्र संयोजक तथा सेभ द चिल्डेन सह–संयोजक रहेको नेपाल शिक्षा समूहले आपत्कालिन अवस्थामा सिकाई निरन्तरता र चुस्त प्रतिकार्य सञ्चालनका लागि विभिन्न कार्यक्रम गर्दै आएको विषय अवगत नै छ ।

    सो सन्दर्भमा युरोपियन युनियन तथा युनिसेफको संयुक्त आर्थिक तथा प्राविधिक सहयोगमा भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल तथा मर्सि कोर साझेदारी संस्थामार्फत सरकारको तिनै तहमा शिक्षा समूहलाई सुदृढिकरण तथा सिकाई निरन्तरताका लागि कोभिड–१९ प्रतिकार्य एवम् संघ, प्रदेश तथा स्थानीय तहमा शिक्षा समूहको सुदृढिकरण कार्यक्रम सात वटै प्रदेश तथा मधेस, कर्णाली एवम् सुदूरपश्चिम प्रदेशका ८० वटा स्थानीय तहमा सञ्चालन हुने भएकाले सोको लागि आवश्यक समन्वय, सहयोग र सहजीकरण गरिदिनु हुन यस केन्द्रको मिति २०७९/०३/३० को निर्णय अनुसार अनुरोध छ ।’ (वेबटिभी खबर)

    यस्ताे छ पत्र:

    1657879593-4t2qZ.jpg

    प्रकाशित मिति :श्रावण १ २०७९ आइतवार - १४:४६:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij