Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

एक वर्ष नपुग्दै उच्च शिक्षाको लागि एक लाख बढीले लिए एनओसी

एक वर्ष नपुग्दै उच्च शिक्षाको लागि एक लाख बढीले लिए एनओसी


  • 3.0K
    Shares

    • images
    एक वर्ष नपुग्दै  उच्च शिक्षाको लागि एक लाख बढीले लिए एनओसी

    एक वर्ष नपुग्दै उच्च शिक्षाको लागि एक लाख भन्दा बढी विद्यार्थीले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट नो अब्जेक्सन लेटर (एनओसी) लिएका छन् ।

    गत साउनदेखि अहिलेसम्म मन्त्रालयको एनओसी शाखाबाट  १ लाख २ हजार ८७३ जनाले  एनओसी लिएका हुन् ।  पछिल्लो ११ महिनामा  विगतको तुलनामा  एनओसी लिनेको संख्या अत्याधिक बढेर गएको मन्त्रालय स्रोतले जानकारी दियो । शाखाका अनुसार दैनिक एक हजारका बढी एओसी जारी हुने गरेको छ ।

    कोरोना माहामारी पछि हरेक हप्ता एनओसी लिने विद्यार्थीको संख्या अत्याधिक बढेर गएको छ ।  पछिलो ११ महिनामा विद्यार्थीले एनओसीका लागि मात्र २० करोड ५७ लाख ४६ हजार रूपियाँ राजस्व सङ्कलन भएको एनओसी शाखाले जानकारी दियो ।

    विदेशी विश्वविद्यालयले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि भिसा प्रक्रिया खुकुलो पारेसंगै त्यसको प्रत्यक्ष असर नेपालमा देखिएको छ ।

    सन् २०२२ को जनवरीदेखि जुन २५ सम्म ७६ हजार ७७६ थान एनओसी मन्त्रालयले जारी गरेको  शाखा प्रमुख हरिप्रसाद निरौलाले जानकारी दिए ।

    उच्च शिक्षाका लागि अस्ट्रेलिया, जापान, अमेरिका, क्यानडा, बेलायत, कोरियाका विश्वविद्यालय विद्यार्थीको गन्तव्य मुलुक रहेको एनओसी लिन आउने विद्यार्थीले जानकारी दिने गरेको शाखाका  कर्मचारीहरू बताउँछन् ।

    साउनदेखि असार पहिलो सातासम्म ६१ हजार ६३६ विद्यार्थीले अस्ट्रेलियाका लागि एनओसी लिएका छन् । त्यस्तै सोही अवधिमा १६ हजार ३२८ जनाले जापान, ५ हजार २०१ जनाले क्यानडा, ४ हजार ८५२ जनाले अमेरिका र १ हजार १९२ जनाले कोरियाका विभिन्न विश्वविद्यालयमा गएर पढ्न एनओसी लिएको शाखाले जानकारी दियो ।

    प्रकाशित मिति :आषाढ १६ २०७९ बिहिवार - १७:२३:५३ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij