Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

उपमहानगरपालिकाले गर्यो ३ दिन विद्यालय बिदा दिने निर्णय

उपमहानगरपालिकाले गर्यो ३ दिन विद्यालय बिदा दिने निर्णय


  • 3.2K
    Shares

    • images
    उपमहानगरपालिकाले गर्यो ३ दिन विद्यालय बिदा दिने निर्णय

    लगातार पानी परेर बस्ती डुबानमा परेपछि इटहरीका विद्यालयहरू बन्द गरिएका छन् ।

    इटहरी उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख सूर्यप्रसाद सुवेदीले एक सूचनामार्फत आजदेखि शुक्रबारसम्म ३ दिन बिदा दिने निर्णय गरेको जानकारी गराएका छन् ।

    असार १५-१७ को बिदा सञ्चित बिदाबाट कट्टा गरिने उपमहानगरपालिकाले जनाएको छ । इटहरीमा हरेक वर्ष डुबान र बाढीको समस्या हुने गरेको छ ।

    २०७४ को बाढीले यहाँ ६ जना र २०७८ मा ३ जनाको मृत्युसमेत भएको थियो । यो वर्षको बाढी र डुबानमा अहिलेसम्म मानवीय क्षति भने नभएको प्रहरीले बताएको छ ।

    प्रकाशित मिति :आषाढ १५ २०७९ बुधवार - १३:११:३८ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij