Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

त्रिवि अन्तर्गत सेवा आयोगको लिखित परीक्षाको नतिजा सार्वजनिक, कोही पनि पास भएनन् (नतिजासहित)

त्रिवि अन्तर्गत सेवा आयोगको लिखित परीक्षाको नतिजा सार्वजनिक, कोही पनि पास भएनन् (नतिजासहित)


  • 4.6K
    Shares

    • images
    त्रिवि अन्तर्गत सेवा आयोगको लिखित परीक्षाको नतिजा सार्वजनिक, कोही पनि पास भएनन् (नतिजासहित)

    त्रिभुवन विश्वविद्यालय अन्तर्गतको सेवा आयोगको कर्मचारी पदपूर्तिका लागि लिएको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।प्रकाशित नतिजा अनुसार अधिकांश पदमा कुनै पनि परीक्षार्थी उत्तिर्ण नभएको उल्लेख छ । लिखित परीक्षा पास भएकाहरुको लागि अन्तर्वार्ताको लागि अर्को सूचना प्रकाशित गरिने सेवा आयोगको कार्यालयले जनाएको छ । 

    सेवा आयोगले उप प्रशासक खुलामा २, महिला १, आदिवासी जनजाति १ जनाका लागि परीक्षा लिएको थियो  । १२ जनाले परीक्षा दिएपनि एक जना पनि उत्तीर्ण नभएको सेवा आयोगले जनाएको छ । 

    यस्तै शाखा अधिकृत खुला २२, महिला ६ आदिवासी जनजाति ५, मधेसी ४, दलित १, अपांग १ र पिछडिएको क्षेत्र १ गरी ४० पदमा ५४२ जनाको परीक्षा लीएको थियो । यसमा पनि परीक्षा दिएपनि एक जना पनि उत्तीर्ण नभएको सेवा आयोगले जनाएको छ ।

    सेवा आयोगले मुख्य कार्यालय सहायक खुला २४  महिला ६ आदिवासी जनजाति ५, मधेसी ४, दलित १, अपांग १ र पिछडिएको क्षेत्र १ गरी ४२ जना मागेको थियो । जसमा ७७७ जनाले परीक्षा दिएकोमा एक जना पनि पास नभएको देखिएको छ । 

    आयोगले कार्यालय सहायक खुला २८ महिला ८ आदिवासी जनजाति ६, मधेसी ५, दलित २, अपांग १ र पिछडिएको क्षेत्र १ जनाका लागि परीक्षा लगेको थियो । जसमा ६७२ जनाले परीक्षा दिएका थिए । यसमा भने खुलामा ४८, महिलामा २२, आदिवासी जनजाति ६, मधेसी ५ र पिछडिएको क्षेत्र ७ जना अन्तवार्ताका लागि छनोट भएका छन् । 

    प्रकाशित मिति :आषाढ १५ २०७९ बुधवार - १२:३२:१८ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij