Logo

२०७९ आषाढ १३ गते सोमवार

images

नेकपा (एस) सचिवालय बैठक: तत्काल मन्त्री हेरफेरको विषय टुंग्याउन माधव नेपाललाई दबाब

नेकपा (एस) सचिवालय बैठक: तत्काल मन्त्री हेरफेरको विषय टुंग्याउन माधव नेपाललाई दबाब

खबर सेन्टर

९ आषाढ २०७९
  • 351
    SHARES
  • images
    नेकपा (एस) सचिवालय बैठक: तत्काल मन्त्री हेरफेरको विषय टुंग्याउन माधव नेपाललाई दबाब
    images

    नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकमा पार्टीका नेताहरूले मन्त्री हेरफेरको विषयलाई तत्काल टुंग्याउन दबाब दिएका छन् । बिहीवार पार्टी कार्यालयमा बसेको केन्द्रीय सचिवालयको २७औं बैठकमा नेताहरूले अध्यक्ष माधवकुमार नेपाललाई मन्त्री हेरफेरको विषयलाई तत्काल टुंगो लगाउन दबाब दिएका हुन् ।

    बैठकपछि सञ्चारकर्मीसँग बोल्दै पार्टीका उपमहासचिव डा. गंगालाल तुलाधरले बुधवार र बिहीवार गरी २ दिन बसेको सचिवालय बैठकले शुक्रवार हुने पोलिटब्यूरो, शनिवार हुने केन्द्रीय कमिटी र असार १३ र १४ गते हुने केन्द्रीय परिषद्को बैठकका एजेण्डाबारे छलफल गरेको बताए ।

    उनले बैठकमा पार्टी अध्यक्ष नेपालले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमाथि पनि छलफल गरेको बताए । उपमहासचिव तुलाधरले भने, हाम्रो पार्टीको केन्द्रीय सचिवालयको २७औं बैठक हिजो शुरू भएर आज सम्पन्न भएको छ । मूलरूपमा यो सचिवालयको बैठक अरु ३ वटा बैठकको तयारीस्वरूप बसेको बैठक हो ।

    भोलि पोलिटब्यूरोको बैठक बस्दैछ । शनिवार केन्द्रीय कमिटीको बैठक बस्दैछ । १३ र १४ गते केन्द्रीय परिषद्को बैठक बस्दैछ । सोही बैठकहरूका लागि एजेण्डा तयार गर्नका लागि यो बैठक बसेको थियो भने यी सबै बैठकमा अध्यक्षबाट प्रस्तुत हुने राजनीतिक प्रतिवेदनमाथि हामीले गम्भीर छलफल गरेका छौं । सामान्य सुझाव पनि राख्ने काम भयो । आज प्रतिवेदन छापिन्छन्, पोलिटब्यूरो, केन्द्रीय कमिटीका बैठकमा प्रतिवेदन प्रस्तुत हुन्छन् । सचिवालयको २६औं बैठकले निर्णय गरेर स्थायी कमिटीको १२औं बैठकले अनुमोदन गरेको मन्त्री हेरफेर सम्बन्धी निर्णयमाथि पनि छलफल भएको छ ।

    बैठकमा अधिकांश नेताहरूले स्थायी कमिटी र सचिवालयले गरेका निर्णय लागू हुँदैन भनेर प्रश्न गर्नुभयो । नेताहरूले पार्टी अध्यक्षले प्रधानमन्त्रीसँग कुरा गरेर छिटोभन्दा छिटो मन्त्रीमण्डल हेरफेरको कार्यान्वयन गर्न आग्रह गर्नुपर्छ भन्ने कुराहरू भएका छन् । गठबन्धनको गन्तव्य अझै नसकिएकाले आगामी प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा पनि कायम गरेर जानुपर्छ भन्ने कुरा भयो ।

    उपमहासचिव तुलाधरले पार्टीले गरेको निर्णय बहानाबाजी देखाएर प्रधानमन्त्री शेरबहादुर देउवाले रोकेको भन्दै सांसदहरूले त्यसले पार्टीका कार्यकर्तामा नराम्रो सन्देश गएकोप्रति ध्यानाकर्षण गराएको पनि बताए । उनले गठबन्धनको औचित्य नसकिएकाले आगामी निर्वाचनमा पनि गठबन्धन गरेरै जानुपर्नेमा छलफल भएको समेत बताए ।

    images
    प्रकाशित मिति :आषाढ ९ २०७९ बिहिवार - १६:५९:४६ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार