Logo

२०७९ आषाढ १३ गते सोमवार

images

फेरि पेट्रोलियम पद्धार्थको मूल्य बढाउने तयारीमा देउवा सरकार

फेरि पेट्रोलियम पद्धार्थको मूल्य बढाउने तयारीमा देउवा सरकार

खबर सेन्टर

९ आषाढ २०७९
  • 4.2K
    SHARES
  • images
    फेरि पेट्रोलियम पद्धार्थको मूल्य बढाउने तयारीमा देउवा सरकार
    images

    नेपाल सरकारले पेट्रोलियम पद्धार्थको मूल्य पुन बढाउने तयारी गरेको छ । नेपाल आयल निगम स्रोतका अनुसार भारतबाट मूल्य पुनस् बढेर आउने भएपछी पेट्रोलको मूल्य पुनस् बढेर आउने तयारी भएको हो ।

    अहिले पेट्रोलको प्रति लिटर १९९ रुपैयाँ छ । सरकारले अव पेट्रोलको मूल्य २१० रुपैयाँ पुर्याउनेगरी तयारी भएको आयल निगम स्रोतको दाबी छ ।

    यस्तै हो भने अव पेट्रोलको मूल्य दशैंसम्म प्रतिलिटर ३०० रुपैयाँसम्म नपुग्ला भन्न सकिन्न । आयल निगम स्रोतले भन्यो, अव कहिले लिटरको ११ त कहिले लिटरको १० गरेर दशैंसम्म पेट्रोल लिटरकै ३०० रुपैयाँ पुग्न सक्ने सम्भावना अधिक छ ।

    यस्तै सरकारले हवाई इन्धनको भाउ पनि बढाउने तयारी गरेको छ भने खाना पकाउने ग्याँसको हकमा फरक फरक मूल्य तोक्ने तयारी सरकारको छ । पेट्रोलको भाउ अत्याधिक बढेपछि मूल्यवृद्धि पनि बढेको छ । ग्याँसको भाउ बढेसँगै नेपाली भान्सा पनि महँगो हुने निश्चित छ ।

    images
    प्रकाशित मिति :आषाढ ९ २०७९ बिहिवार - १६:२२:२१ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार