Logo

२०८२ भाद्र १३ गते शुक्रवार

२०८२ भाद्र १३ गते शुक्रवार

कोरोना बिरुद्दको खोप भोली नै नेपाल आईपुग्ने, कसरी पाईन्छ खोप ?

कोरोना बिरुद्दको खोप भोली नै नेपाल आईपुग्ने, कसरी पाईन्छ खोप ?


  • 7.2K
    Shares

    कोरोना बिरुद्दको खोप भोली नै नेपाल आईपुग्ने, कसरी पाईन्छ खोप ?
    images

    काठमाडौं । पूर्व प्रतिबद्द्ता अनुसार भारत सरकारले नेपाललाई कोरोना भाइरसविरुद्ध १० लाख डोज भ्याक्सिन उपलब्ध गराउने भएको छ ।

    स्वास्थ्य मन्त्रालय र भारतीय राजदूतावासको संयुक्त प्रेस सम्मेलनमा स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले १० लाख डोज भ्याक्सिन भारतले अनुदान दिन लागेको जानकारी दिए । भ्याक्सिनको पहिलो खोप  बिहीवार नै काठमाडौं आउने मन्त्री त्रिपाठीले बताए ।

    "फागुनमा आउँछ भनेको थिएँ। अब पहिलो खेप भोलि नै आउँछ। मलाई कारवाही हुँदैन होला नि ? सरकारको निरन्तर प्रयास र भारतको सहयोगमा अनुदानमा नै भ्याक्सिन आउन लागेको हो," मन्त्री त्रिपाठीले भने।

    नेपालमा भ्याक्सिन आएपछि पहिलो चरणमा कोभिड १९ विरुद्ध अग्रपङ्क्तिमा रहेकाहरुलाई प्रदान गरिनेछ । भ्याक्सिन वितरण गर्न सरकारले सबै तयारी पूरा गरिसकेको मन्त्री त्रिपाठीले बताए ।

    भारतले छिमेकी देशलाई प्राथमिकतामा राखेर भ्याक्सिन उपलब्ध गराएकोमा त्रिपाठीले धन्यवाद दिए । उनले आउने दिनमा समेत भारतबाट कोरोनाविरुद्ध सहयोग हुनेमा आशावादी रहेको बताए ।

    प्रकाशित मिति :माघ ७ २०७७ बुधवार - १४:३६:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij