२०८२ भाद्र १३ गते शुक्रवार
काठमाडौँ । परीक्षा केन्द्रभन्दा बाहिर होटलमा लगि अमर्यादित रूपमा परीक्षा लिएको अभियोगमा पोखरा महानगरपालिका-१ पुरानो टुँडिखेलस्थित राष्ट्रिय माध्यामिक विद्यालय कास्कीका ३ जना शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका-१८ कास्कीकोट स्थायी घर भई हाल सोही महानगरपालिका-१ बागबजार बस्ने उक्त विद्यालयका प्रधानाध्यापक ४८ वर्षीय सूर्य तिवारी, रुपा गाउँपालिका-४ सिद्ध स्थायी घर भई हाल पोखरा महानगरपालिका-११ फूलवारी बस्ने शिक्षक ४१ वर्षीय घनश्याम रेग्मी र पोखरा महानगरपालिका-२० भलाम बस्ने सोही विद्यालयका शिक्षक ४० वर्षीय शिरिशकुमार बस्ताकोटी रहेका छन् ।
उक्त विद्यालयका शिक्षकहरूले कक्षा ११ को ऐच्छिक अंग्रेजी र शैक्षणिक विधि विषयको आंशिक परीक्षामा सोही विद्यालयकी एक छात्रालाई परीक्षा केन्द्रभन्दा बाहिर होटलमा लगी अमर्यादित रूपमा परीक्षा लिएको र अन्य प्रचलित कानूनविपरीतको कसूरजन्य कार्य समेत भएको हुन सक्ने देखिएकाले सोमवार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूमाथि अनुसन्धानका लागि जिल्ला अदालत कास्कीबाट ५ दिनको म्याद लिई हिरासतमा राखिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij