Logo

२०८२ भाद्र १३ गते शुक्रवार

२०८२ भाद्र १३ गते शुक्रवार

मेसेन्जरमार्फत केटी साथीलाई अश्लिल भिडियो पठाएपछि...

मेसेन्जरमार्फत केटी साथीलाई अश्लिल भिडियो पठाएपछि...


  • 7.4K
    Shares

    मेसेन्जरमार्फत केटी साथीलाई अश्लिल भिडियो पठाएपछि...
    images

    सल्यान । फेसबुक मेसेन्जरमार्फत महिला साथीलाई अश्लिल सामग्री पठाउने एक पुरुष पक्राउ परेका छन् । सल्यान कुमख गाउँपालिका-४ सेराडाडाका ३६ वर्षीय रमेश शाही भन्ने रवि शाहीलाई प्रहरीले पक्राउ गरेको हो । 

    उनले आफ्नै साथीलाई फेसबुक मेसेन्जरमार्फत अश्लिल भिडियो, फोटो तथा सन्देश पठाई यौन उत्पीडन तथा हैरानी दिएको आरोपमा साइबर ब्युरोले उनलाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए । 

    शाहीविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई जिल्ला प्रहरी कार्यालय, सल्यानको सहयोगमा साइबर ब्युरोले सोमबार पक्राउ गरेको हो । 

    उनीमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गत प्रहरीले अनुसन्धान अघि बढाएको छ । 

    प्रकाशित मिति :माघ ७ २०७७ बुधवार - १२:२२:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij