Logo

२०८२ भाद्र १३ गते शुक्रवार

२०८२ भाद्र १३ गते शुक्रवार

मालपोत कार्यालय लगनखेलका दुईजना नायब सुब्बा घूससहित पक्राउ

मालपोत कार्यालय लगनखेलका दुईजना नायब सुब्बा घूससहित पक्राउ


  • 9.4K
    Shares

    मालपोत कार्यालय लगनखेलका दुईजना नायब सुब्बा घूससहित पक्राउ
    images

    काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल, ललितपुरमा कार्यरत नायब सुब्बा मन्दिप कुमार श्रेष्ठ र लेखापढी व्यवसायी रमेशलाल श्रेष्ठ घूससहित पक्राउ परेका छन् । 

    सेवाग्राहीको जग्गा हालसाविकको क्रममा ट्रायल चेक गर्दा नक्सा अनुसार क्षेत्रफल बढी भएको भनी सो मिलाउनको लागि घूस मागेको उजुरीका आधारमा अख्तियार टोलीले उनीहरुलाई ४० हजार घूससहित पक्राउ गरेको हो । 

    श्रेष्ठद्वयलाई घूस रकम लिइसकेको अवस्थामा लगनखेलस्थित बसपार्कबाट मंगलबार नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिए । 

    प्रकाशित मिति :माघ ७ २०७७ बुधवार - ११:५२:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij