२०८२ भाद्र १३ गते शुक्रवार
हतियारसहित जनकपुरबाट एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा लक्ष्मिनियाँ गाउँपालिका-१ बस्ने विवेक यादव रहेका प्रहरीले जनाएको छ । उनलाई जनकपुरधाम उपमहानगरपालिका-१९ स्थित बावनबिग्हा जाने बाटोबाट पक्राउ गरेको धनुषाका डीएसपी मकेन्द्र मिश्रले जानकारी दिए ।
यादवको साथबाट दुई थान कटुवा पेस्तोल बरामद भएको डीएसपी मिश्रले बताए । उनका अनुसार हतियार ओसारपसार गरिरहेको गोप्य सूचनाको आधारमा उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेका यादवलाई आवश्यक कारवाहीका लागि प्रक्रियाअघि बढाइएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको डीएसपी मिश्रले जनाए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij