Logo

२०८२ भाद्र १३ गते शुक्रवार

२०८२ भाद्र १३ गते शुक्रवार

टिपरको ठक्कर दिदाँ एकको मृत्यु, एक घाइते

टिपरको ठक्कर दिदाँ एकको मृत्यु, एक घाइते


  • 7.5K
    Shares

    टिपरको ठक्कर दिदाँ एकको मृत्यु, एक घाइते
    images

    झापा । झापामा टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मेचीनगर–१३ स्थित चारआली–चन्द्रगढी सडक खण्डमा मंगलबार साँझ टिपरले ठक्कर दिँदा स्थानीय १८ वर्षीया किशोरी अंशु शिवाकोटीको मृत्यु भएको हो ।

    दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे १ ख २५१५ टिपरको ठक्करले पैदलयात्रीहरु स्थानीय १८ वर्षका राहुल बस्नेत र अंशु शिवाकोटी घाइते भएका थिए । बस्नेतको हात र खुट्टामा तथा शिवाकोटीको टाउकोमा गम्भीर चोट लागेको थियो ।

    बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका क्रममा शिवाकोटीको बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी राकेश थापाले जनाए । राहुल बस्नेतको भने उपचार भइरहेको छ ।

    ठक्कर दिने टिपर तथा टिपर चालक भद्रपुर ९ का ३२ वर्षीय सुमन ओझालाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ । ओझालाई इलाका प्रहरी कार्यालय धुलाबारीको हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :माघ ७ २०७७ बुधवार - १०:३८:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij