२०८२ भाद्र १३ गते शुक्रवार
काठमाडौं । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप २१८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। ८८ महिला र १३० पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ३४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १२९ महिला र २१९ पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यो सहित कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ९९२ पुगेको छ । जसमध्ये २ लाख ६२ हजार २५९ जनाले कोरोना जितेका छन् । मंगलबार थप ४४१ जना डिस्चार्ज भएका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij