Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

अधिकृतको राजीनामा दिएर मेयरमा जमानत जफत भएका कञ्चनराजले फेरी निकाले अधिकृतमै नाम

अधिकृतको राजीनामा दिएर मेयरमा जमानत जफत भएका कञ्चनराजले फेरी निकाले अधिकृतमै नाम


  • 4.1K
    Shares

    अधिकृतको राजीनामा दिएर मेयरमा जमानत जफत भएका कञ्चनराजले फेरी निकाले अधिकृतमै नाम
    images

    सरकारी जागिरबाट राजीनामा दिएर बनेपा नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका कञ्चनराज गिरीको जमानत जफत भएको छ। बिहीबार बिहान सार्वजनिक मतपरिणामअनुसार उनको जमानत जफत भएको हो।

    नेपाली काँग्रेसका शान्तिरत्न शाक्यले १३७९३ मत ल्याई मेयरमा विजयी हुँदा पुतली चिन्ह पाएका गिरीले १४८ मत मात्रै पाए। गिरी २२औं पटकमा लोकसेवाको परीक्षा दिएर नेपाल विद्युत प्राधिकरणको अधिकृत बनेका थिए।

    उनले अहिले फेरि नेपाल पर्टन तथा होटल व्यवस्थापन प्रतिष्ठानको अधिकृतमा नाम निकालेका छन्। विद्युत प्राधिकरणमा अन्तर्वार्ता दिएकै दिन उनले प्रतिष्ठानमा लिखित परीक्षा दिएका थिए। अब उनी फेरि सरकारी जागिर खान जाँदैछन्। 

    तर, मेयरमा हारेको एक सातामै उनी फेरि अधिकृत बनेका छन् । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान(नाथम)मा अधिकृत तहमा उनले नाम निकालेका छन् । गत वर्ष नै दिएको परीक्षामा पहिलो नम्बरमा नाम निकालेपछि उनी फेरि सरकारी अधिकृत भएका छन् ।

    sdsddsd.jpg

    लोकसेवा आयोगले लिएको परीक्षामा उनी दोस्रो पटक सफल भएका हुन् । लोक सेवा परीक्षामा २२ पटकसम्म परीक्षा दिंदा पनि उनी हार नमानी प्रतिस्पर्धा गरेका थिए । पछिल्लो एक वर्षमा उनले दुई ठाउँमा अधिकृतमा नाम निकालेका छन् ।

    प्रकाशित मिति :जेठ १९ २०७९ बिहिवार - ११:५१:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij