२०८२ भाद्र १३ गते शुक्रवार
रोल्पा । रोल्पा नगरपालिका-९ फाल्जाकी ४५ वर्षीया बरु पुनमाथि सोमबार बेलुका वनमा बाख्रा चराएर घाँसको भारीसहित घर फर्किने क्रममा गोली प्रहार भएको हो।
सोही ठाउँ बस्ने ३७ वर्षीय हस्तबहादुर पुन मगरले मृगलाई ताकेर पड्काएको भरुवा बन्दुक मृगलाई नलागी जंगलबाट बाख्रा चराएर घर फर्किँदै गरेकी बरु पुन मगरलाई लाग्दा उनी घाइते भएकी हुन् । यो खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रोल्पाबाट खटिएको प्रहरीले हस्तबहादुरलाई पक्राउ गरेको छ ।
गम्भीर घाइते भएकी बरू पुनलाई जिल्ला अस्पताल रेउघा हुँदै थप उपचारको लागि भैरहवा मेडिकल कलेज रिफर गरिएको आज नेपाल प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यस घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij