Logo

२०८२ भाद्र १३ गते शुक्रवार

२०८२ भाद्र १३ गते शुक्रवार

ईटहरीमा भ्यान र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु 

ईटहरीमा भ्यान र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु 


  • 6.3K
    Shares

    ईटहरीमा भ्यान र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु 
    images

    ईटहरी । ईटहरी उपमहानगरपालिका-१६ को लाइन चोकमा म्याजिक भ्यान र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

    नेपाल प्रहरीले आज एक विज्ञप्तिमार्फत् जनाएअनुसार प्रदेश १-०२-००१ ज ३९३९ नम्बरको म्याजिक भ्यान र बागमती प्रदेश ०२-०२० प ७१२० नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक २८ वर्षीय पर्वतकुमार चौधरीको मृत्यु भएको हो । उनी रामधुनी नगरपालिका-२ का निवासी हुन् ।

    दुर्घटनामा गम्भीर घाइते भएका उनको एपेक्स अस्पताल ईटहरी हुँदै न्यूरो अस्पताल विराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको जनाइएको छ । सो दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँको २२ वर्षीय नबिन चौधरीको एपेक्स अस्पतालमा उपचार भइरहेको छ । घटनाका सम्बन्धमा प्रहरीले थप कारवाही अघि बढाउँदै म्याजिक भ्यान चालकलाई नियन्त्रणमा लिएको छ ।

    प्रकाशित मिति :माघ ६ २०७७ मंगलवार - १६:०२:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij