Logo

२०८२ भाद्र १३ गते शुक्रवार

२०८२ भाद्र १३ गते शुक्रवार

धनकुटाकी १८ बर्षीया युवतीले जन्माइन् आन्द्राभुँडी बाहिरै भएको बच्चा

धनकुटाकी १८ बर्षीया युवतीले जन्माइन् आन्द्राभुँडी बाहिरै भएको बच्चा


  • 9.4K
    Shares

    धनकुटाकी १८ बर्षीया युवतीले जन्माइन् आन्द्राभुँडी बाहिरै भएको बच्चा
    images

    धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाकी एक युवतीले अस्वभाविक बच्चा जन्माएकी छन् । महालक्ष्मी-७ अर्खौलेकी १८ बर्षीया कोपिला श्रेष्ठले आन्द्राभुँडी बाहिरै भएकी छोरी जन्माएकी हुन् ।

    जितपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी गराउँन लगिएकी श्रेष्ठले पहिलो सन्तानका रुपमा जन्म दिएको बच्चाको पेटबाट आन्द्राभुडी बाहिर निस्किएको छ ।

    ‘नर्मल डेलिभरी’ भएको भएपनि बच्चा भने अस्वभाविक जन्मिएको प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा।तोर्णराज कटुवालले जानकारी दिए । ‘बच्चाको नाइटो नजिक पेटबाट आन्द्रा र भुडी बाहिरै निस्किएको छ ।’ डा. कटुवालले भने–‘अस्वभाविक बच्चा जन्मिएपछि थप उपचारका लागि रेफर गरेर पठाएका छौं ।’

    बच्चालाई थप उपचारका लागि अहिले काठमाडौंस्थित कान्ति बाल अस्पताल पुर्याइएको उनका वुवा हरीबहादुरले बताए । कान्ति बाल अस्पतालमा बच्चाको अप्रेशन गरेर आन्द्राभुँडीको केही भाग पेटभित्र पसाइएको छ । डाक्टरले अझै अर्को पटक पनि अप्रेशन गर्नुपर्ने बताएका छन् । तर, अप्रेशन गर्न पैसा अभाव भएको वुवा हरीबहादुरले गुनासो गरे ।

    अहिले बच्चालाई एनआईसीयूमा राखेर उपचार भईरहेको छ । अप्रेशनपछि बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरुले बताएका छन् ।

    प्रकाशित मिति :माघ ६ २०७७ मंगलवार - १४:०२:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij