Logo

२०८२ भाद्र १३ गते शुक्रवार

२०८२ भाद्र १३ गते शुक्रवार

उपत्यकामा घरभित्रै दम्पति मृत अवस्थामा भेटिए

उपत्यकामा घरभित्रै दम्पति मृत अवस्थामा भेटिए


  • 7.8K
    Shares

    उपत्यकामा घरभित्रै दम्पति मृत अवस्थामा भेटिए
    images

    काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका-७ चाँगाथलीमा घरभित्रै सोमवार एक दम्पती मृत अवस्था फेला परेका छन् । राजविराज घर भएका र लामो समयदेखि ललितपुरमा बस्दै आएका ३२ वर्षीय सागर पोखरेल र उनकी २२ वर्षीय श्रीमती निर्मला पोखरेल मृत अवस्थामा भेटिएका हुन् ।

    चार वर्षदेखि फ्लाट भाडामा लिई बस्दै आएका उनीहरु आफ्नो कोठामा मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर ललितपुरकी प्रमुख एसएसपी किरण बज्राचार्यले बताइन् । घटनास्थलबाट प्रहरीले स्लफर नामको विषादीको बट्टासमेत फेला पारेको छ।

    "विष भेटिनुले आत्महत्यातिर नै अनुसन्धान केन्द्रित भएको छ। तर, अन्य एङ्गलबाट पनि अनुसन्धान गरिरहेका छौं," एसएसपी बज्राचार्याले बताइन् ।

    मृत पुरुष भने भेटनरीको सामान सप्लाइ गर्दै आएका थिए। उनीहरुको गत फागुनमा विवाह भएको आफन्तले प्रहरीलाई जानकारी  दिएका छन् । तर, अहिलेसम्म उनीहरुको मृत्युको कारण भने खुलिसकेको छैन । घरमा कोही नभएको मौका छोपी आत्महत्या गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ ।

    प्रहरीले घटनास्थलबाट कुनै पनि सुसाइड नोट र मृत्युको कारण खुल्ने कुनै पनि कागजपत्र भेटेको छैन। उनीहरुको मोबाइलमा कुनै जानकारी वा केही भेटिने आशंकामा प्राविधिक पक्षको अनुसन्धान सुरु गरिएको छ। बन्द कोठाभित्र उनीहरु मृत फेला परेका थिए । पुरुषको शरीरको तल्तो भाग अर्धनग्न भएको प्रहरीले जानकारी दिएको छ। आज मृत भेटिएका दम्पतीको शव पोष्टमोर्टमको तयारी भइरहेको छ। 

    प्रकाशित मिति :माघ ६ २०७७ मंगलवार - ११:२६:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij